१८ फागुन, काठमाडौँ । नेपाल बैंकका कर्मचारी तथा ग्राहकहरुले आगन्तुक रिसोर्टमा विशेष छुट पाउने भएका छन् ।
सम्झौतामा नेपाल बैंकका प्रमुख वित्त अधिकृत होम बहादुर खड्का र आगन्तुक रिर्सोटको तर्फबाट बोर्ड संयोजक कृष्ण ज्ञवालीले हस्ताक्षर गरेका छन् ।
बैंकका कर्मचारी, कर्मचारीका परिवारका सदस्यहरू र ग्राहकहरूलाई धुलिखेलको आगन्तुक रिसोर्टमा २५ प्रतिशतसम्म विशेष छुट पाउने भएका हुन् । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र क्युआर कोड मार्फत मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई पनि उक्त छुट पाउनेछन् ।
वि.सं.२०७८ फागुन १८ बुधवार ११:५२ मा प्रकाशित






























