back
CTIZAN AD

नारायणकाजीलाई भेट्न किन पुगे विप्लव ?

वि.सं.२०७८ फागुन १८ बुधवार

774 

shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलाई भेटेका छन् । बुधबार बिहान श्रेष्ठ निवास हात्तिवनमै पुगेर विप्लवले श्रेष्ठलाई भेटेका हुन् ।

एमसीसी सम्झौतालाई लिएर माओवादी केन्द्रभित्र अन्तरसंघर्ष चर्किरहेको बेला दुई नेताबीच भएको भेटवार्तालाई अर्थपूर्णं रुपमा लिइएको छ ।

नेता श्रेष्ठ एमसीसीको विपक्षमा उभिएकै कारण माओवादी केन्द्रभित्र ठूलो मतभेद छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता श्रेष्ठलाई सोमबार पत्रकार सम्मेलनमार्फत नै मत नमिले पार्टी छाडेर जान सुझाएका थिए ।

प्रचण्डको अभिव्यक्तिसँगै नेता श्रेष्ठ पार्टीबाट अलग हुने गरि तयारीमा छन् । उनको तयारीका बीच विप्लव भेट्न पुगेका हुन् ।

विप्लव र श्रेष्ठबीच एमसीसीको विषयमा समान धारणा छ । पछिल्लो राजनीतिक घटनाक्रममा समान धारणा राख्ने दुई नेताबीचको भेटवार्तालाई राजनीतिक सहकार्य हुनसक्ने सम्भावनाको रुपमा अर्थाइएको छ । यद्यपि, दुई नेताबीच के–के विषयमा कुराकानी भएको थियो भन्ने कुरा बाहिर खुलाइएको छैन् ।

वि.सं.२०७८ फागुन १८ बुधवार १२:०३ मा प्रकाशित

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...