back
CTIZAN AD

बाँकेमा कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु

वि.सं.२०७८ फागुन १९ बिहीवार

624 

shares

राँझा । नेपाली कांग्रेस बाँके जिल्लाको नयाँ नेतृत्वका लागि नेपालगञ्जमा मतदान सुरु भएको छ ।

नयाँ नेतृत्व चुन्न बिहान ९ः१५ बजेदेखि जिल्ला समन्वय समितिमा मतदान सुरु भएको सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाहीले जानकारी दिए । उनका अनुसार निर्वाचनमा एक हजार ४९३ मतदाता छन् । सभापति, दुई उपसभापति, दुई सचिव तथा दुई सहसचिव र कार्यसमिति सदस्य चुन्न आज मतदान भइरहेको छ । अपराह्न ४ बजेसम्म मतदान चल्नेछ ।

सभापतिमा तीन, उपसभापति, सचिव र सहसचिवमा चार/चार उम्मेदवार प्रतिस्पर्धामा छन् । सभापतिका लागि नारायणप्रसाद गौडेल, सुरेन्द्रबहादुर हमाल र बादशाह कुर्मी प्रतिस्पर्धामा रहेका छन् ।

पार्टीको विधानअनुसार सभापतिमा निर्वाचित हुनेले ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने छ भने अन्य पदमा बढी मत ल्याउने निर्वाचित हुनेछन् । मतदानलगत्तै मतगणना सुरु हुने सहायक निर्वाचन अधिकृत शाहीले बताए ।

वि.सं.२०७८ फागुन १९ बिहीवार १४:२३ मा प्रकाशित

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...