back
CTIZAN AD

रुसी सैनिकलाई रोक्न यूक्रेनी जनता सडकमा

वि.सं.२०७८ फागुन १९ बिहीवार

897 

shares

काठमाडौं । रुस–यूक्रेनबीचको युद्ध निर्णायक मोडतिर पुगेको छ । रुसले मुख्य–मुख्य सहरलाई कब्जा गरिसकेको छ भने कीभलाई नियन्त्रणलाई लिन चारै तर्फबाट घेराबन्दी गरिरहेको छ । रुस–यूक्रेन युद्धको आठौं दिन कीभमा भिषण युद्ध चलिरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसैबीच, रुसी सैनिकलाई आफ्नो क्षेत्रमा प्रवेश गर्न नदिन हजारौं संख्यामा यूक्रेनी जनता निहत्थै सडकमा निस्किएका छन् । रुसी सैनिकलाई बाटो नदिन यूक्रेनी जनता निहत्थै रुपमा सकडमा निस्किएका हुन् ।

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले सामाजिक सञ्जालमार्फत सडकमा निस्किएका जनताको तस्बिर सेयर गर्दै “रुसले जित्न नदिने” बताएका छन् ।

उनले जनताहरु प्रतिरोध गर्न निस्किसकेको भन्दै सहयोगको अपिल पनि गरेका छन् । उनले हवाई क्षेत्रमा सहयोग गरे रुसी सेनालाई पराजित गराउन सक्ने बताएका छन् ।

युक्रेनमा जारी द्वन्द्वमा ९ हजार रुसी सैनिकको मृत्यु भएको दाबी

युक्रेनमा जारी यो युद्धसँग सम्बन्धित दाबी दुवै पक्षबाट भइरहेको छ । युक्रेनी सेनाले रुससँगको द्वन्द्वमा हालसम्म नौ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ ।

एक दिनअघि रुसको रक्षा मन्त्रालयले युक्रेनसँगको द्वन्द्वमा आफ्ना ४९८ सैनिक मारिएको र १५९७ घाइते भएको स्वीकार गरेको थियो ।

वि.सं.२०७८ फागुन १९ बिहीवार १५:२४ मा प्रकाशित

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...