back
CTIZAN AD

१३० रूसी बसहरू भारतीय विद्यार्थी र अन्य विदेशीको लागि तयार

वि.सं.२०७८ फागुन २० शुक्रवार

834 

shares

२० फागुन । १३० ओटा रुसी बसहरु युक्रेनको खार्किभ र सुमीबाट भारतीय विद्यार्थी र अन्य विदेशीहरूलाई रुसको बेल्गोरोड क्षेत्रमा लैजान तयार रहेका रुसी राष्ट्रिय रक्षा नियन्त्रण केन्द्रका प्रमुख कर्नेल जनरल मिखाइल मिजिन्त्सेभले बिहीबार घोषणा गरेका छन ।

भारतीय विद्यार्थी र अन्य विदेशी राज्यका नागरिकहरूलाई उद्धार गर्न आज बिहान ६ बजेदेखि बेल्गोरोड क्षेत्रको नेखोतेयेभका र सुड्झा चेकपोस्टबाट कूल १३० वटा आरामदायी बस खार्किभ र सुमी जाने तयारीमा छन्,“ उनले भनेका छन ।

चेक प्वाइन्टमा अस्थायी बसोबास र आरामका लागि ठाउँ पनि तोकिएको बताइएको छ । शरणार्थीहरूलाई तातो खाना उपलब्ध गराइनेछस रुसी समाचार एजेन्सी तासले जनाएको छ । त्यहाँ औषधिको भण्डारसहित मोबाइल क्लिनिकहरू पनि स्थापना गरिएको छ ।

विस्थापितहरुलाई त्यसपछि बेलगोरोड सहरमा पठाइनेछ र त्यसपछि रुसी सैन्य विमानहरू लगायत हवाई मार्गबाट तिनीहरूको मातृभूमि प्रस्थान गर्नका लगाइने छ “ जनरल मिजिन्त्सेभले । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि गत फेब्रुअरी २४ देखि सैन्य आक्रमण शुरु भएको घोषणा गरेका थिए । टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दैै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वीक्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गरेका थिए । रुसी सेनाले राजधानी किभलगायत अन्य विभिन्न स्थानमा पनि आक्रमण गरेको पाइएको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघले रुसको सैन्य कारबाहीका कारण युक्रेनबाट अहिले १० लाख मानिस पलायन भएको जनाएको छ ।

वि.सं.२०७८ फागुन २० शुक्रवार १६:४३ मा प्रकाशित

अमेरिका साझेदारमाथि नयाँ कर लगाउने योजनामा

अमेरिका साझेदारमाथि नयाँ कर लगाउने योजनामा

अमेरिका । राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको अस्थायी १० प्रतिशत...

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

ब्रिसबेन (अस्ट्रेलिया) । अस्ट्रेलियामा प्राकृतिक रूपमा भएको अत्यन्त दुर्लभ गर्भधारणबाट...

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

सान्टियागो (चिली) । चिलीमा भारी वर्षाका कारण आएको आँधीमा परी...

मलेसियाली उपभोक्ताको किनमेलमा एआइको  प्रयोग बढ्दो 

मलेसियाली उपभोक्ताको किनमेलमा एआइको  प्रयोग बढ्दो 

क्वालालम्पुर ।   वित्तीय प्रविधि कम्पनी ‘एडयेन’को एक सर्वेक्षणअनुसार, करिब ७४...

भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ  सरेको संयुक्त राष्ट्रसङ्घको दावी

भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ  सरेको संयुक्त राष्ट्रसङ्घको दावी

पेरिस । संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार, कुपोषणको समस्या...

चीनको ‘लाइभ–फायर’ नौसैनिक अभ्यास, जापानद्धारा सुरक्षा चिन्ता व्यक्त

चीनको ‘लाइभ–फायर’ नौसैनिक अभ्यास, जापानद्धारा सुरक्षा चिन्ता व्यक्त

टोकियो । प्रशान्त महासागरमा रुससँगको संयुक्त नौसैनिक अभ्यासका क्रममा चिनियाँ...