back
CTIZAN AD

युक्रेनी आकाशलाई उडान निषेधित क्षेत्र घोषणा गर्ने यूक्रेनले गरेको आग्रहलाई नेटोद्वारा अस्वीकार

वि.सं.२०७८ फागुन २० शुक्रवार

771 

shares

ब्रसेल्स । रूसको यूक्रेनी भूगोलमा बमबारी रोक्न सहयोग गर्न युक्रेनी आकाशलाई विदेशी उडान निषेधित क्षेत्र लागू नगर्ने उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले बताएको छ ।

नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले शुक्रबार कीभमा रूसको बमबारी रोक्न सहयोग गर्न आह्वान गरेपछि गठबन्धनले युक्रेनमाथि उडान निषेधित क्षेत्र लागू नगर्ने बताएको हो ।

“उडान निषेधित क्षेत्र कार्यान्वयन गरेमा नेटो सैनिक विमानहरूलाई युक्रेनको आकाशमा पठाउनु र त्यसपछि रूसी विमानहरूलाई झार्नु पर्ने स्टोल्टेनबर्गले नेटो विदेश मन्त्रीहरूसँगको बैठकपछि बताए ।

“यदि हामीले त्यसो ग¥यौं भने, हामीले यूरोपमा युद्धको अन्त गर्न सक्ने केही कुरा हुनेछैन । यूरोपमा थुप्रै राष्ट्रहरू समावेश छन् र यसले गर्दा यूरोपलाई पनि युद्धमा धकेल्ने छ र मानव दुःखकष्ट थप चर्किन सक्छ । त्यसैले हामीले यो अप्रिय निर्णय गर्नु परेको हो ।’

युक्रेनको नेतृत्वले देशभरका शहरहरूमा अन्धाधुन्ध बम विस्फोट रोक्न सहयोग गर्न अपील गरे तापनि अमेरिकी नेतृत्वमा रहेको समूह (नेटो) ले यूक्रेनबारे आफ्नो अडान राखेको हो ।

स्तोल्टेनबर्गले भने, ‘रूसी सशस्त्र फौजले भारी हतियार ल्याएर देशभरि आक्रमण गरिरहँदा मृत्यु, पीडा र विनाशको कारण आउने दिनहरू अझ खराब हुने सम्भावना छ ।’

युक्रेनी विदेश मन्त्री डिमिट्रो कुलेबाले किभको भिडियोलिङ्कमार्फत् सहयोगी नेटो गठबन्धनलाई सम्बोधन गरेका थिए ।

सम्बोधनपछि गरेको ट्वीटमा उनले नेटोलाई सङ्केत गर्दै भने, ‘धेरै ढिलो हुनुभन्दा पहिले अहिले नै निर्णय गर्नुहोस् । (रुसी राष्ट्रपति भ्लादिमिर) पुटिनले युक्रेनलाई सिरियाको अवस्थामा परिणत गर्नबाट रोक्नुहोस् । हामी लड्न तयार छौं । हामी लडिरहनेछौं । तर अहिले हामीलाई ठोस, दृढ र छिटो–छिटो मद्दत दिन हामी साझेदारहरूलाई आग्रह गर्न चाहन्छौं ।’

नेटो सदस्यहरूले गठबन्धनको घेरालाई बलियो बनाउन पूर्वी युरोपमा हजारौं फौजलाई पठाएको छ । तर सैनिक नै उतार्न अस्वीकार गरिरहेको छ ।

स्टोल्टेनबर्गले भने, ‘नेटो क्षेत्रको प्रत्येक इञ्चको सुरक्षा र रक्षा गर्न हामी जे गर्नुपर्छ त्यही गरिरहनेछौं । नेटो रक्षात्मक गठबन्धन हो । हाम्रो मुख्य काम हाम्रा ३० राष्ट्रहरूलाई सुरक्षित राख्नु हो ।
हामी यस द्वन्द्वको भाग होइनौं र युक्रेनभन्दा बाहिर यो बढ्दैन र फैलिंदैन भन्ने कुरा सुनिश्चित गर्ने हाम्रो दायित्व छ ।’

यदि नेटो युक्रेनी आकासलाई उडान निषेधित गर्न इच्छुक छैन भने सहयोगी राष्ट्रहरूले रूसी हवाई आक्रमण रोक्न युद्धक विमान र वायु सुरक्षा प्रणालीको आपूर्ति गर्नुपर्छ ।

युरोपेली राष्ट्रहरूले अहिलेसम्म विमान वितरण नगर्ने र अधिकांश हातहतियारहरू हल्का हतियार केन्द्रित भएको बताएका छन् । एएफपी

वि.सं.२०७८ फागुन २० शुक्रवार २०:५१ मा प्रकाशित

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...