back
CTIZAN AD

चौथो अन्तर्राष्ट्रिय महिला साहित्य सम्मेलन सुरू

वि.सं.२०७८ फागुन २२ आइतवार

936 

shares

बोस्टन, अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, महिला समितिले दुई दिने महिला साहित्य सम्मेलनको पहिलो दिनको कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।

११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजना गरिएको यो कार्यक्रमको पहिलो सत्रमा शुभकामना मन्तव्य र’ सिर्जनामा नारी – २’ कृतिको लोकार्पण गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि सुश्री भद्रकुमारी घलेले कृतिको लोकार्पण गर्नुका साथै कार्यक्रमको मुक्त कण्ठले प्रसंशा गरिन् ।

अनेसासका तत्कालीन केन्द्रीय अध्यक्ष गीता खत्रीको तत्परतामा सन् २०१४ देखि सुरु गरिएको यो कार्यक्रमको यो चौथो संस्करण हो । यसअघि तत्कालीन केन्द्रीय अध्यक्ष पदम विश्वकर्माको दुई कार्यकालमा क्रमशः अष्ट्रेलिया र भारतको सिक्किममा दोस्रो र तेस्रो सम्मेलन आयोजना गरिएको थियो । पूर्वअध्यक्ष राधेश्याम लेकालीको कार्यकालमा यो सम्मेलनले निरन्तरता पाउन नसके पनि यो पटक कोरोना कहरका कारण जूमबाट कार्यक्रम गरिएको हो ।

बालप्रतिभा रोजी गौतम र आभास आर्यालको नेपाली राष्ट्रगानबाट सुरु भएको उक्त कार्यक्रममा अनेसास बिओटी सभापति गीता खत्री, केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला, महासचिव सर्वज्ञ वाग्ले, महिला समितिका पूर्व संयोजकद्वय वन्दना कोइराला र भारती गौतम, समालोचक लीला लुइटेल, नासाका अध्यक्ष कृष्ण श्रेष्ठ, विश्व साहित्य महासंघका अध्यक्ष सुरेन्द्र लिम्बु परदेशी, एनआरएनए महिला उपाध्यक्ष सुन्दरी गुरूङ, आन्माका कोषाध्यक्ष डा. उषा शर्मा, अनेसास न्यूह्यामसारका सल्लाहकार छत्र गुरुङलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

अनेसासका केन्द्रीय सदस्य डा. रेणुका सोलुद्वारा सञ्चालित कार्यक्रममा सचिव विमला निरौलाले स्वागत मन्तव्य र वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले सार्वजनिक गरिएको कृतिका बारेमा मन्तव्य राखेका थिए ।

कार्यक्रम महिला समिति संयोजक उर्मिला निर्दोषीको सभापतित्वमा सम्पन्न भएको थियो ।

यसैगरी कार्यक्रमको दोस्रो सत्रमा ‘महिला साहित्य हिजो, आज र भोलि’ विषयक गोष्ठी गरिएको छ । गोष्ठीमा डा. ज्ञानु पाण्डे, लतिका जोशी, डा. बुनु दहाललगायतले विचार राखेका छन् । अनेसास बिओटी सभापति गीता खत्रीको सभापतित्वमा भएको उक्त कार्यक्रमलाई केन्द्रीय सदस्यद्वय तारा अधिकारी र माया गुरूङले सञ्चालन र धन्यवाद ज्ञापन गरेका थिए ।

दोसो दिनको कार्यक्रम आइतबार नेपाली समयानुसार साँझको ७.४५ बजेदेखि विश्व महिला काव्य गोष्ठी र ९.१५ देखि समापन समारोह अन्तर्गत अनेसासको साहित्यिक गतिविधिबारे छलफल हुने कार्यक्रम रहेको छ ।

वि.सं.२०७८ फागुन २२ आइतवार १४:४७ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...