back
CTIZAN AD

नेपालमा थप ६८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

वि.सं.२०७८ फागुन २२ आइतवार

807 

shares

काठमाडौं । नेपालमा आज ६८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको ४ हजार ९२९ नमुना परीक्षणमा ६८ जना कोरोना संक्रमित थपिएका हुन् ।

आज थपिएका ६८ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ७७ हजार ७२० पुगेको छ । ती मध्ये आज निको भएका ५३८ जनासँगै हालसम्म निको हुनेको संख्या ९ लाख ५९ हजार ८९ पुगेको छ ।

त्यसैगरी आज थपिएका २ जनासँगै हालसम्म ११ हजार ९४७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

नेपालमा हाल ६ हजार ३३८ जना कोरोनाका सक्रिय संक्रमित रहेकामा ६ हजार ८१६ जना होम आइसोलेशन र संस्थागत आइसोलेशनमा १२३ रहेका छन् । साथै ४७ जना आइसीयु र ९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यसैगरी नेपालमा थप ८८ हजार ५६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

३३ हजार ३५ नमुना परीक्षणमा ६७६ मा संक्रमण
यो साता गरिएका ३३ हजार ३५ पिसीआर परीक्षणमा ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो साता संक्रमणको दर ०.२ प्रतिशत रहेको छ । पछिल्लो हप्ताको तुलनामा १.९ प्रतिशतले कम हो । साथै १८ हजार ४७१ नमुना परीक्षणमा २२२ जनामा संक्रमण पुष्टि भएको छ ।
यो हप्ताको औसत संक्रमणको दर १.७ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले कोरोना संक्रमण घट्दै गएपनि धेरै मानिसहरु कोरोनाविरुद्धको खोप लगाउन बाँकी रहेको, जनस्वास्थ्यका मापदण्डको उल्लंघन लगायतका कारण कुनैपनि बेला कोरोना संक्रमण हुनसक्ने र स्वाथ्य गम्भीर हुन सक्नेप्रति सचेत गराएको छ ।

आज १२६ जनामा कोरोना संक्रमण, ३८५ जना संक्रमणबाट मुक्त

वि.सं.२०७८ फागुन २२ आइतवार १७:०३ मा प्रकाशित

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...