back
CTIZAN AD

अष्ट्रेलिया, बेलायत लगायतका देशमा नेपाली पानी, तीन महिनामै २४ करोडको निर्यात

वि.सं.२०७८ फागुन २३ सोमवार

927 

shares

काठमाडौं । नेपालबाट तीन महिनामा २४ करोडको पानी विभिन्न देशमा पुगेको छ ।

भन्सार विभागका अनुसार तीन महिनामा नेपालका विभिन्न कम्पनीले उत्पादन गरेको पानी अष्ट्रेलिया, युएई, कतार, चीन, भारत, पोल्याण्ड, जापान र बेलायतमा पुगेको छ ।

नेपालका विभिन्न कम्पनीद्धारा प्रशोधित गरिएको पानी निर्यात गर्नेमा बोटलर्स नेपालले भारतमा सबैभन्दा बढी पानी निर्यात गरेको सोमबारको कान्तिपुर दैनिकमा समाचार छ ।

गतवर्ष ६ करोड, ३ लाख, ८१ हजार रुपैयाँको १० लाख ९१ हजार ४२८ लिटर पानी चीन, कतार र भारतमा निर्यात भएको थियो भने चालु आर्थिक वर्षको ३ महिनामा मात्र २४ करोड ३५ लाख ४५ हजार बराबरको पानी निर्यात भएको हो । मंसिर, पुष र माघमा मात्रै ४४ लाख ४७ हजार ५३३ लिटर पानी निर्यात भएको तथ्यांक छ ।

चालु आर्थिक वर्षमा अन्य देशको तुलनामा सबैभन्दा बढी भारतमा पानी निर्यात भएको भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले बताएका छन् ।

विभागका अनुसार किन्ले, एक्वाफिना, म पानी, रसुवा पानी लगायतका ब्रान्डका पानी विदेशमा निर्यात गरिएको हो । निर्यातलाई नै लक्षित गरी उद्योगहरुले अत्याधुनिक प्रशोधन प्लान्ट समेत राखेका छन् ।

वि.सं.२०७८ फागुन २३ सोमवार ०८:५१ मा प्रकाशित

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...