back
CTIZAN AD

माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक बस्दै

वि.सं.२०७८ फागुन २३ सोमवार

843 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक बस्दैछ ।

बत्तिस पुतलीको अनुपम फुडल्याण्डमा आज ११ बजेदेखि बस्ने उक्त बैठकमा केन्द्रीय कमिटीको पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन लगायतका विषयमा छलफल हुने पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।

शुक्रवारदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय बैठक शनिवार शिर्ष नेताहरुको छलफलका लागि भन्दै स्थगित गरिएको थियो भने आइतबार आन्तरिक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।

बैठकको पहिलो दिन एमसीसी लगायतका विषयमा छलफल चलेको थियो भने आजको बैठकमा कार्ययोजना निर्माण र संगठन लगायतका विषयमा छलफल हुने बताइएको छ । साथै नजिक रहेको स्थानीय तहको निर्वाचनका विषयमा पनि छलफल गरिने बताइएको छ ।

गत पुष ११ देखि १८ गतेसम्म चलेको माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिबेशनले २४७ केन्द्रीय कमिटी चयन गर्दै सम्पन्न भएको थियो । सोहि केन्द्रीय समितिको शुक्रवारदेखि सुरु भएको बैठकले पार्टीको वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष चयन गर्ने बताइएको छ । साथै विधान अनुसार ६३ जना केन्द्रीय सदस्यहरु समेत मनोनित हुने छन् ।

वि.सं.२०७८ फागुन २३ सोमवार ०९:३३ मा प्रकाशित

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...