back
CTIZAN AD

कांग्रेस निकट कर्मचारी युनियनको अध्यक्षमा पुनः पोखरेल

वि.सं.२०७८ फागुन २४ मंगलवार

990 

shares

काठमाडौं । नेपाली कांग्रेस निकट निजामती कर्मचारीहरूको छाता सङ्गठन नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा पुनः गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन् । युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको आज सम्पन्न मतपरिणामअनुसार उनी दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

महाधिवेशनले अध्यक्ष पोखरेलको नेतृत्वमा २९ पदाधिकारीसहित १०१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको उपमहासचिव दुर्गाप्रसाद फुँयालले जानकारी दिए । यस्तै वरिष्ठ उपाध्यक्षमा उत्तम कटुवाल, खुला उपाध्यक्षमा यज्ञबहादुर ओली, प्रदेश नं १ अध्यक्षमा मानबहादुर वन, मधेस प्रदेश अध्यक्षमा राजकिशोर राउत, बागमती प्रदेश अध्यक्षमा श्रीराम लम्साल, गण्डकी प्रदेश अध्यक्षमा दीपक रेग्मी, लुम्बिनी प्रदेश अध्यक्षमा मदन गौतम, कर्णाली प्रदेश अध्यक्षमा चन्द्रबहादुर खड्का र सुदूरपश्चिम अध्यक्षमा धर्मबहादुर देउवा निर्वाचित भएका छन् ।

यसैगरी महिला उपाध्यक्षमा निर्मला शर्मा, जनजाति उपाध्यक्षमा पुरण गुरुङ, मधेसी उपाध्यक्षमा अशोककुमार रैनियार, पिछडिएको क्षेत्र उपाध्यक्षमा कृष्णबहादुर सैजुवाल श्रेणीविहीन उपाध्यक्षमा सोम कोइराला विजयी भएका छन् । यस्तै महासचिवमा जनकबहादुर रावल, उपमहासचिव इन्दु शर्मा र गणेश भण्डारी, खुला सचिवमा कुलप्रसाद भट्टराई, जगतबहादुर पाठक, प्रकाश भट्टराई, झविन्द्र पोखरेल, युवा सचिव भूपेन्द्र अधिकारी, जनजाति सचिव शान्तराज राई, मधेसी सचिव चिन्तन आचार्य र कोषाध्यक्ष प्रयास घिमिरे निर्वाचित भएका छन् । नयाँ निर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुने युनियनले जनाएको छ ।

रासस

वि.सं.२०७८ फागुन २४ मंगलवार १२:०३ मा प्रकाशित

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक...

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

काठमाडौँ । आज साताको पाँचौँ कारोबारको दिन पनि नेप्से परिसूचक...

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

काठमाडौँ । ‘जेनजी मुभमेन्ट नेपाल’ले देशका विभिन्न भागमा पछिल्लो समय...

संवाद र सहकार्यबाट समस्या समाधान गरिनुपर्नेः पूर्वप्रधानमन्त्री दाहाल

संवाद र सहकार्यबाट समस्या समाधान गरिनुपर्नेः पूर्वप्रधानमन्त्री दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता एवं...

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा...

प्रतिनिधिसभा-शून्य समयः जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभा-शून्य समयः जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिनुहुने सांसदहरुले...