back
CTIZAN AD

बैदेशिक रोजगारमा जानेहरुले श्रम स्वीकृतिको क्युआर कोडसहितको ई–स्टीकर मात्र देखाए पुग्ने

वि.सं.२०७८ फागुन २७ शुक्रवार

717 

shares

काठमाडौं । सरकारले बैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर जाने नेपाली कामदारहरुले अब एयरपोर्टमा क्युआर कोडसहितको ई–स्टीकर मात्र देखाए पुग्ने भएको छ ।

विभागले एक सूचना जारी गर्दै बैदेशिक रोजगारमा जाने कामदारले श्रम स्वीकृति निस्साको रुपमा प्राप्त गर्ने क्युआर कोडसहितको ई–स्टीकर सम्बन्धीत कामदारको इमेल ठेगाना तथा कामदारको Feims Account  मा उपलब्ध हुने र श्रम स्वीकृतिको जानकारी कामदारको मोबाइलमा म्यासेज गरेर पठाइने हुनाले उक्त क्युआर कोड सहितको ई–स्टीकर अनिवार्य मोबाइलमा डाउनलोड गरेर मोवाइल मार्फत पेश गर्न भनिएको छ । साथै एकप्रति ई–स्टीकर प्रिन्ट गरेर साथमा राख्न समेत भनिएको छ ।

विभागले त्रिभुवन विमानस्थलस्थित बैदेशिक रोजगार विभागको श्रम डेस्कबाट यसअघि प्रिन्ट गरिएको स्टीकरमा छाप लगाइदै आएकोमा यहि फागुन २५ गतेदेखि त्यो व्यवस्था हटाइएको समेत जानकारी दिएको छ ।

त्यसैगरी विमानस्थलमा राखिएको श्रम डेस्कका कारण बैदेशिक रोजगारीमा जाने नेपालीहरुले दोस्रो दर्जाको नागरिक सरहको व्यवहार भएको भन्दै विरोध गर्दै आएकोमा श्रम मन्त्रालयले बुधबारबाट श्रम डेस्क समेत हटाएको छ ।

यसअघि बैदेशिक रोजगारमा जाने र भिजिट भिसा र श्रम भिसामा जाने नेपालीहरुको प्रस्तान द्धारा छुट्टाछुट्टै भएकोमा बुधबारबाटै सबै यात्रुका लागि एउटै ढोकाको व्यवस्था गरिएको छ ।

123.jpg

वि.सं.२०७८ फागुन २७ शुक्रवार १३:५६ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...