back
CTIZAN AD

भारत र चीनबीच १५ औं चरणको वार्ता शुरु, होला त लद्दाखको तनाव अन्त्य ?

वि.सं.२०७८ फागुन २७ शुक्रवार

738 

shares

काठमाडौं । लद्दाखमा तनाव अन्त्य गर्न भारत र चीनबीच सैन्य कमाण्डर तहको १५ औं चरणको वार्ता शुक्रबारदेखि सुरु भएको छ । दुवै देशका सैन्य कमाण्डरहरूबीच एलएसी नजिकैको भारतीय क्षेत्र चुशुलमा वार्ता चल्दैछ ।

लद्दाखमा पछिल्लो २२ महिनादेखि संघर्ष जारी छ। यस क्षेत्रमा दुवै देशका ५० देखि ६० हजार सेना तैनाथ छन् । करिब दुई महिनापछि भारत र चीनबीच उच्चस्तरीय सैन्य वार्ता भएको हो। यसअघिको वार्ताले खासै नतिजा निकाल्न सकेको थिएन ।

पूर्वी लद्दाखका केही क्षेत्रलाई लिएर दुई देशबीच मतभेद छ। छलफलको मुख्य विषय हट स्प्रिङ्स पोइन्ट (पट्रोलिङ प्वाइन्ट–१५)बाट सेना फिर्ता गर्ने रोकिएको प्रक्रिया पूरा गर्ने तर्फ उन्मुख हुने भारतीय सञ्चार माध्यमले जनाएका छन्।

वार्तामा सहभागी भारतीय प्रतिनिधिमण्डलको नेतृत्व लेहस्थित सेनाको १४औं कोरका नवनियुक्त कमाण्डर लेफ्टिनेन्ट जनरल अनिन्द्य सेनगुप्ताले गरेका छन् । भारतीय पक्षले देप्साङ बुल्गे र डेमचोक क्षेत्रलगायत तनावग्रस्त क्षेत्रबाट सेना फिर्ता गर्न जोड दिने अपेक्षा गरिएको छ ।

यसअघि जनवरी १२ मा १४ औं चरणको वार्ता भएको थियो । १४ औं चरणको वार्तामा बाँकी क्षेत्रबाट सेना फिर्ता गर्ने विषयमा कुनै महत्वपूर्ण सहमति हुन सकेको थिएन । वार्तापछि भारत–चीनले संयुक्त विज्ञप्ति जारी गर्दै दुवै पक्षले सैन्य र कूटनीतिक माध्यमबाट घनिष्ट सम्पर्कमा रहने र वार्तालाई निरन्तरता दिने बताएको थियो ।

भारत र चीनका सेनाहरू बीच पूर्वी लद्दाख सीमा विवाद ५ मई २०२० पाङ्गोङ ताल क्षेत्रमा हिंसात्मक झडप पछि सुरु भयो। त्यसपछि दुवै पक्षले हजारौं सैनिक र भारी हतियारको साथ विस्तारै आफ्नो तैनाथी बढाएका थिए । धेरै चरणको सैन्य र कूटनीतिक वार्तापछि दुवै पक्षले गत वर्ष सेना फिर्ता गर्न थालेका थिए। अहिले पाङ्गोङ ताल र गोग्रा क्षेत्रको उत्तर र दक्षिण किनारबाट सेना फिर्ता भएको छ ।

वि.सं.२०७८ फागुन २७ शुक्रवार १५:१० मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...