back
CTIZAN AD

यूक्रेनका एयरपोर्टहरुमा एकै पटक बमबारी, कीभ तर्फ अघि बढ्यो रुसी सेना

वि.सं.२०७८ फागुन २७ शुक्रवार

1K 

shares

काठमाडौं । रुस-युक्रेनबीचको युद्ध तेस्रो हप्ता पनि जारी छ। रुसले आज आफ्नो आक्रमणलाई तीव्र पारेको छ र युक्रेनका धेरै शहरहरूमा घातक बम विष्फोट गरिरहेको छ।

रुसी सेना अहिले तीव्र गतिमा कीभतर्फ अघि बढिरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यसैबीच, रुसले पश्चिमी युक्रेनी सहर इभानो-फ्रान्किभस्क र लुत्स्कलगायतका विमानस्थल नजिकै आज श्रृंखलाबद्ध बम विस्फोट गराएको समाचार एजेन्सी एफबीले जनाएको छ । समाचार एजेन्सीका अनुसार बिहानैदेखि रुसले विमानस्थल केन्द्रीत आक्रमण गरेको हो ।

अर्कोतर्फ, रुसले शुक्रबार युक्रेनबाट रुससम्म दैनिक मानवीय करिडोर खोल्ने घोषणा गरेको छ । रुसको रक्षा मन्त्रालयका अनुसार अब हरेक दिन बिहान १० बजेसम्म युक्रेनबाट रुस सेक्योर करिडोरबाट मानिसहरु जान पाउनेछन् ।

रुससँगको व्यापारसम्बन्ध अन्त्य गर्ने घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुससँगको व्यापार सम्बन्ध अन्त्य गर्ने घोषणा गरेका छन् । अमेरिकाले युरोपियन युनियन र जी–७ देशमा आबद्ध भएर रुससँगको व्यापारमा मोस्ट फेवर्ड नेशनको हैसियत पनि फिर्ता लिनेछ ।

युक्रेनमा रुसी आक्रमणका कारण बाइडेनले आयातमा कर बढाउन सक्नेछन् । यो कदम संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूले पुटिनलाई युद्ध अन्त्य गर्न दबाब दिने प्रयास हो।

वि.सं.२०७८ फागुन २७ शुक्रवार १४:३० मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...