मिलन बोहोरा,असम, भारत
१.
झुठो प्रणय
नाटक मात्रै
व्यर्थ समय
२.
रुखो स्वभाव
खडेरी जस्तै
मित्र अभाव
३.
नभन व्यथा
हामी दुवैको
एकै छ कथा
४.
तिम्रा नयन
सिरानी मेरा
प्रेम शयन
५.
चिसो ओछ्यान
एकान्त बास
रुन्छ यो ज्यान
६.
रूप सागर
वासना गर्भ
गर जाँगर
७.
कलिलो बैँस
जोगाइ राख
सतर्क बेस
८.
कालो कानुन
सोझा बेहाल
छैन भुटुन ।
९.
फाइदा घाटा
हुन्न मायाँमा
हो धर्मकाँटा
१०.
प्रेमी प्रेमिका
अनौठो नाता
धोकाले फिका
वि.सं.२०७८ फागुन २८ शनिवार ०८:२८ मा प्रकाशित






























