राजेन्द्रकुमार बज्राचार्य, कोटेश्वर, काठमाडौं
खै कसरी भनूँ म मित्रको ?
प्रेमिल भावना छ भित्रको ।।
चल्दछ वासना पवित्र त्यो ।
फुल्दछ फूल भै सचित्र जो ।।१।।
सुन्दर वागमा कयौं थरी ।
प्रेमिल सुन्दरी सयौं थरी ।।
जीवन वागमा भुले सरी ।
शान्त छ जिन्दगी कसै गरी ।।२।।
आज म देख्छु यो हियो कतै ।
जीवन प्रातको मियो यतै ।।
प्रेमिल वासना मिठो चले ।
आतुर चाहना सधैं जले ।।३।।
यन्त्र त जिन्दगी त्यहीं थियो ।
अन्तत वासना छुयो हियो ।।
बाल्नु छ चम्किलो सधैं दियो ।
गाल्नु छ भावना अनेक यो ।।४।।
भोग विलासको सवार भो ।
योग मिजासको विचार जो ।।
पुष्पित वाटिका प्रचारको ।
यौवन साधिका उमारको ।।५।।
छन्द : अग्निपुराण
गण : भ र ज गु
संकेत : ऽ।। ऽ।ऽ ।ऽ। ऽ
यति : ६ अक्षरमा ।
वि.सं.२०७८ फागुन २८ शनिवार ०८:२७ मा प्रकाशित






























