back
CTIZAN AD

रुसको जवाफी कारबाही : अमेरिकासहित यूरोपेली कम्पनीका सम्पत्ति जफत गर्ने तयारी

वि.सं.२०७८ फागुन ३० सोमवार

768 

shares

काठमाडौं । रुस र युक्रेनबीचको युद्धको आज १९ औं दिन हो । तर, दुई देशबीचको युद्ध रोकिनेभन्दा पनि थप जटिल हुने अवस्थातर्फ पुगेको छ । युक्रेनमा रुसले आक्रमण झनै तीव्र पारेको छ । रुसले युक्रेनका २४ सहरलाई निशाना बनाउँदै आक्रमण गरिरहेको छ । जसमध्ये १९ मा रेड अलर्ट जारी गरिएको छ । रुसले यहाँ लगातार बम वर्षा गरिरहेको छ। पश्चिमा देशहरुको हस्तक्षेप भएसँगै रुसले थप आक्रमणलाई तिव्रता दिएको हो ।

अब रुसले अमेरिकी कम्पनीमाथि कारबाही गर्ने

युक्रेनमा भएको आक्रमणपछि अमेरिकाले रुसमाथि लगातार प्रतिबन्ध लगाएको छ । यस्तो अवस्थामा अब रुसले पनि अमेरिकी कम्पनीहरु विरुद्ध कारबाही गर्ने तयारी गरेको छ ।

रिपोर्टका अनुसार रुसले अमेरिकी कम्पनीको सम्पत्ति जफत गर्ने योजना बनाएको छ । बताइअनुसार रुसले पश्चिमा देशका कम्पनीका अधिकारीलाई नै पक्राउ गर्ने तयारी पनि गरेको छ ।

रसियामा इन्स्टाग्राम प्रतिबन्ध

रसियामा सोमबारदेखि इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको छ । फेसबुकले पुटिनविरुद्धको नियम परिवर्तन गरेपछि रुसले यस्तो कदम चालेको हो । इन्स्टाग्रामका धेरै प्रयोगकर्ता रुसमा छन् । योसँगै इन्स्टाग्रामलाई पनि नराम्रो धक्का लाग्ने देखिएको छ । इन्स्टाग्रामले रुसले आफ्नो साइटमाथिको प्रतिबन्ध खोल्नुपर्ने माग राखेको छ ।

सम्बन्धित समाचार

के रुस यूक्रेन युद्धमा हार्न लागेको हो ?

वि.सं.२०७८ फागुन ३० सोमवार १२:३९ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...