back
CTIZAN AD

छन्द कविता : आफ्नै तस्बिर

वि.सं.२०७८ चैत ५ शनिवार

822 

shares

उत्तम विचार, काठमाडौं

मागेन देशले केही दियो मात्र सधैँभरि
चुस्यौँ टन्न जुकालेझैँ नहुँदा पेटमा हरि ।
के दिएँ राष्ट्रलाई खै गर्नुपर्ने छ प्रश्न यो ?
आफ्नै तस्बिर ऐनामा नहेरी नहुने भयो ।।१।

हिलो छ्यापेर के गर्नु गालीगलौज व्यर्थ छ
माथि फर्केर हावामा थुक्नुको न त अर्थ छ ।
सकिन्छ दोष थोपर्न असाध्य सजिलो छ यो
आफ्नै तस्बिर ऐनामा नहेरी नहुने भयो ।।२।

जाली फटाह अर्को भो आफू साधु भनाइयो
खोल ओढेर ब्वाँसोको राष्ट्र सेवी जनाइयो ।
अडिन्न दूध डोकामा अन्ततः चुहिँदै गयो
आफ्नै तस्बिर ऐनामा नहेरी नहुने भयो ।।३।

अर्कालाई भनी चोर खोज्दछौँ बहकाउन
चार अङ्गुल फर्किन्छन् आफैँतिर भुल्यौँ किन ?
पानी माथि छु ओभानो भन्नुको अर्थ के रह्यो
आफ्नै तस्बिर ऐनामा नहेरी नहुने भयो ।।४।

बाटो बिराउँछन् मान्छे के गरोस् यो समाजले
मूर्खको ओखती छैन ज्ञानी झुक्दछ लाजले ।
गधा भएछु गाईको स्वभाव छैनझैँ अहो !
आफ्नै तस्बिर ऐनामा नहेरी नहुने भयो ।।५।

छन्द : अनुष्टुप

वि.सं.२०७८ चैत ५ शनिवार ०७:१० मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...