back
CTIZAN AD

कविता : मुतिरहंदा भगवान

वि.सं.२०७८ चैत ५ शनिवार

759 

shares

निम्बतरु, अर्घाखाँची

बगेका होऊन बगाइएका हुन् सडकभरि मान्छेहरु
सलल्ल होइन बल्लबल्ल,
मुतको खोला
छिचल्लिएर मान्छेका भंगालाहरु
कलधारोको ओठबाट चुहिन्छन्
केही पिँधमा सुकाइन्छ
तर पिँधमा टाटो केही देखिन्न
आर्यघाटको पिँधमा

मान्छेको बीउ रोप्दै रोप्दै आलीकान्लामा
हिँडेको थियो ऊ
चिल्लो पातसितको नउम्रेपछि,
जम्मै साँवा उम्रेपछि
बाली मास्न अनेक ध्वंस मध्ये
उखेलेर नसकेर गोरु दमालेको थियो नून हालेर,

मुतिरहँदा पनि उम्रिरहेका मान्छेका बिरुवाहरु
भगवानले मुतिरहँदा पनि उम्रिहाल्ने मुतबीउहरु,
हुर्कदो छ वनमाराभन्दा तेज,
फुल्छ त्यस्तै
गुह्ये फूलसंगै
लोभलाग्दो देखेर गमलामा सारेको थें
यति छिट्टो फैलियो पहाड नै खायो
उस्ले बिष्टाएको माटो,
अपुताली सम्झेर ओसार्दै थियो कोही
म ट्वाँ ! परेर हेर्दै थिएँ सपनाको दस्तावेज

वि.सं.२०७८ चैत ५ शनिवार ०७:११ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...