back
CTIZAN AD

कविता : मुतिरहंदा भगवान

वि.सं.२०७८ चैत ५ शनिवार

786 

shares

निम्बतरु, अर्घाखाँची

बगेका होऊन बगाइएका हुन् सडकभरि मान्छेहरु
सलल्ल होइन बल्लबल्ल,
मुतको खोला
छिचल्लिएर मान्छेका भंगालाहरु
कलधारोको ओठबाट चुहिन्छन्
केही पिँधमा सुकाइन्छ
तर पिँधमा टाटो केही देखिन्न
आर्यघाटको पिँधमा

मान्छेको बीउ रोप्दै रोप्दै आलीकान्लामा
हिँडेको थियो ऊ
चिल्लो पातसितको नउम्रेपछि,
जम्मै साँवा उम्रेपछि
बाली मास्न अनेक ध्वंस मध्ये
उखेलेर नसकेर गोरु दमालेको थियो नून हालेर,

मुतिरहँदा पनि उम्रिरहेका मान्छेका बिरुवाहरु
भगवानले मुतिरहँदा पनि उम्रिहाल्ने मुतबीउहरु,
हुर्कदो छ वनमाराभन्दा तेज,
फुल्छ त्यस्तै
गुह्ये फूलसंगै
लोभलाग्दो देखेर गमलामा सारेको थें
यति छिट्टो फैलियो पहाड नै खायो
उस्ले बिष्टाएको माटो,
अपुताली सम्झेर ओसार्दै थियो कोही
म ट्वाँ ! परेर हेर्दै थिएँ सपनाको दस्तावेज

वि.सं.२०७८ चैत ५ शनिवार ०७:११ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...