back
CTIZAN AD

आचार्यको ‘मालाको अपमान’ छन्दोबद्ध कविता संग्रह सार्वजनिक

वि.सं.२०७८ चैत ६ आइतवार

858 

shares

पोखरा । साहित्यकार छविलाल आचार्यको ‘मालाको अपमान’ छन्दोबद्ध कविता कृति सार्वजनिक गरिएको छ ।

साहित्य शृङ्खलामा प्रमुख अतिथिले मात्र स्रस्टाको कृति लोकार्पण गर्ने परम्परालाई तोड्दै कार्यक्रममा सहभागी सम्पूर्ण शुभचिन्तकबाट छविलाल आचार्यको छन्दोबद्ध कविता कृति सार्वजनिक तथा रचना वाचन कार्यक्रम साहित्य शृङ्खलाका अध्यक्ष लक्ष्मी थापाको अध्यक्षतामा सम्पन्न गरिएको हो ।

उपस्थित सम्पूर्णलाई उपाध्यक्ष तारा तिमिल्सिनाको स्वागत रहेको उक्त कार्यक्रममा लिला केसीद्धारा स्रस्टाको परिचय गराइएको उक्त कार्यक्रममा डा.जगन्नाथ रेग्मीले स्रस्टा छविलाल आचार्यको लोकार्पण गरिएको कृतिको परिचर्चा गरेका थिए ।

May be an image of 2 people, people standing and indoor

कार्यक्रममा शिव त्रिपाठी, शोभाकान्त गौडेल, रमा खतिवडा, सावित्री गिरी, अल्पविराम, नुमराज बराल, विष्णु बाककस्तोला, विपिना पौडेल चन्द्रावती वाग्ले, माधव खतिवडा, रुद्र बहादुर थापा, गोरखादेखि आएका महाकाब्यकार बसन्त बराकोटी लगायतका स्रस्टाहरुले देशप्रेम र सामाजिक राजनीतिक पाटोलाई उजागर गर्ने चोटिला रचना वाचन गरेका थिए भने डा. कृष्णराज अधिकारी, प्रा. डा. यदुनन्दन उपाध्याय, यादवराज उपाध्याय, तोयनाथ लामिछाने, नारायण मरासिनी, परशुराम कोइराला लगायतले शुभकामना सहित साहित्य सम्बन्धी गहकिला बिचार व्यक्त गरेका थिए ।

May be an image of 4 people, people sitting and people standing

कार्यक्रममा साहित्य शृङखलाका पदाधिकारीहरु, सल्लाहाकारहरु, निवृत्त शिक्षक समुदायका केन्द्रीय उपाध्यक्ष, सल्लाहाकारहरु, लगायत थुप्रै बिशिष्ट साहित्यिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सचिव काजी गाउँलेले साहित्य शृङ्खला कार्यक्रम सञ्चालन गरेका थिए ।

 

वि.सं.२०७८ चैत ६ आइतवार १५:५० मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...