back
CTIZAN AD

बैंक अफ काठमाण्डूले सुरु गर्यो हेल्पलाईन सेवा

वि.सं.२०७८ चैत ९ बुधवार

798 

shares

९ चैत, काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले हेल्पलाईन सेवा सुचारु गरेको छ । बैंकले आफ्नो ग्राहकहरुलाई बैंकिङ्ग कारोबारमा सहज होस् भन्ने हेतुले बैंकको डिजिटल सेवा तथा सुबिधाहरुको जानकारी तथा सेवा संचालनमा सहयोग गर्नको लागि हेल्पलाईन स्थापना गरेको छ ।

यस हेल्पलाईन सेवा अन्र्तगत ग्राहकहरुले बैंकको कुनैपनि डिजिटल कारोबारहरुको कुनै जिज्ञासा भएमा बैंकको सहयोग कक्षबाट फोन वा इमेलको माध्यमबाट सहयोग लिन सक्नेछन । बैंकको मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यूआर कोर्ड, डेबिट कार्ड, क्रेडिट कार्ड, एटिएम तथा पिओएसको कारोबारमा केहि समस्या आएमा बैंकका ग्राहकहरुले हेल्पलाईन नम्बर ०१–५९१९९११ वा इमेल ठेगाना helpline@bok.com.np बाट सिधै सहयोग लिन सक्नेछन ।

बैंकले सार्वजनिक गरेको यस हेल्पलाईन सेवाले ग्राहकहरुको बैंकिङ्ग कारोबारमा तथा डिजिटल कारोबारमा अझै सहजता बनाउने विश्वास बैंकले लिएको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

वि.सं.२०७८ चैत ९ बुधवार १२:२० मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...