back
CTIZAN AD

एनआरएनएको अध्यक्षमा केसी, आर्चाय र थापा, यस्तो छ कार्यसमिति

वि.सं.२०७८ चैत १४ सोमवार

759 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औ विश्व सम्मेलन तथा महाधिवेशन सम्पन्न भएको छ ।

मार्च २६ र २७ तारिखमा काठमाडौंमा सम्पन्न सम्मेलन तथा महाधिबेशनले रसियाका डा. बद्री केसी, युकेका कुल आचार्य र अमेरिकाकी रबिना थापालाई अध्यक्षमा चयन गरेको छ ।

May be an image of 3 people and people standing

लामो समयदेखि एनआरएनए भित्र चल्दै आएको विवाद समाधान गर्दै अध्यक्षका उम्दवार तीनैजनाले आलोपालो नेतृत्व वगर्ने सहमतिपछि नयाँ कार्यसमिति चयन गरिएको हो । यद्यपी एनआरएनएका पूर्व अध्यक्ष शेष घलेले यसअघि नै याक एण्ड यतिमा १० औं अन्तराष्ट्रिय सम्मेलनको आयोजना गरी विनोद कुँवरको नेतृत्वमा समानान्तर कमिटी गठन गरेका छन् । संस्थापक पक्षले त्यसलाई बैद्यानिक नभएको बताउँदै आएको छ ।

यस्तो छ तीन अध्यक्ष रहेको नयाँ कार्यसमिति
महाधिबेशनले तीन अध्यक्षको व्यवस्था र केहि पद थप गर्दै विधान संशोधन गरेर अर्को पटकलाई नजिर नबस्ने गरी बाँकी रहेको १८ महिने कार्यकाल पहिलो र अन्तिम बैठकको अध्यक्षता तीनवटै अध्यक्षले गर्ने, त्यसपछिको ६ महिना आचार्य, ६ महिना थापा र अन्तिम ६ महिना केसीले अध्यक्षता गर्ने व्यवस्था गरिएको छ ।

संघको नयाँ कार्यसमितिको उपाध्यक्षमा महेश श्रेष्ठ, हेमराज शर्मा, आरके शर्मा, डिबी क्षेत्री, रोविन्द प्रसाद श्रेष्ठ (गोविन्द), नारायण आचार्य, नरेन्द्र भाट, धर्मराज अधिकारी, भुषण घिमिरे, दुर्गा आचार्य र जयप्रकाश गुरुङ र महिला उपाध्यक्षमा डा. विष्णुमाया परियार र याश्मिन वेगम तथा युवा उपाध्यक्षमा राज रेग्मी, हिमाल गुरुङ र रोशन थापा चयन भएका छन् ।

May be an image of 5 people, people standing and outdoors

यस्तै महासचिवमा डा केशव पौडेल र गौरीराज जोशी, उपमहासचिवमा गणेश केसी, देवी बस्नेत, नारायण काफ्ले, ओम गुरुङ, रामशरण सिंखडा र विनय अधिकारी, सचिवमा प्रबिन गुरुंग, खगेन्द्र न्यौपाने, चिरञ्जिीवि घिमिरे, गंगाधर गौतम, शंकर खडका, अभिमानसिंह बस्नेत, प्रमोद सिटौला, गोविन्द गौतम, होम पाण्डे र राजन त्रिपाठि तथा महिला सचिवमा डा. अलिनी पोखरेल र टिका गुरुङ चयन भएका छन् ।

 

कोषाध्यक्षमा लोक दाहाल, सुनील शाह र फणिन्द्रमणि पोखरेल सहकोषाध्यक्षमा दिपक शर्मा, होम गौतम, कृष्ण तिमिल्सिना, लाल केसी र मिलन छन्त्याल, नारायण सुवेदी, टंक गैरे र यज्ञ सुवेदी चयन भए ।

त्यस्तै महिला सहकोषाध्यक्षमा अमृता थापा, यमुना भट्टराई र योगिता थापा चयन भएका छन् भने युवा संयोजकमा अब्दुल वासीद र रविन्द्र खडका तथा महिला संयोजकमा विमला सापकोटा र संगिता मरहठठा चयन भएका छन् ।
त्यस्तै संघको प्रवक्तामा सोम सापकोटा र शिव बडुवाल चयन भएका छन ।

संसोधित विधान अनुसार अध्यक्ष ३, उपाध्यक्ष ११, महासचिव २, उपमहासचिव ६, सचिव १० जना हुने व्यवस्था गरिएको छ । त्यस्तै कोषाध्यक्ष ३, सह–कोषाध्यक्ष ८, महिला सहकोषाध्यक्ष–३, प्रवक्ता २ जना हुने व्यवस्था गरिएको छ ।

त्यसैगरी संसोधित विधान अनुसार महिला संयोजक २, युवा संयोजक २, क्षेत्रीय संयोजक २, क्षेत्रीय उपसंयोजक युरोप क्षेत्र ७ र अन्य क्षेत्र ५ को व्यवस्था गरिएको छ ।

क्षेत्रीय महिला संयोजकको संख्या बढाएर ३ जना, क्षेत्रीय युवा संयोजक २, क्षेत्रीय महिला उपसंयोजक २ र क्षेत्रीय युवा संयोजक २ जना हुने व्यवस्था गरिएको छ । संसोधित विधान अनुसार एनआरएनको पदाधिकारी संख्या नै ९५ जनाको हुनेछ ।

 

 

 

वि.सं.२०७८ चैत १४ सोमवार ०७:३४ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...