काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ६,३०९ नमुना परीक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका २१ जनासँगै नेपालमा हालसम्म ९ लाख ७८ हजार ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै आज निको भएका ३१९ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ६५ हजार १४२ पुगेका पुगेको छ ।
त्यसैगरी आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९५१ जनाको मृत्यु भएको छ ।
नेपालमा हाल १,२५४ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये १,२०६ जना होम आइसोलेशनमा रहेका छन् भने ४८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । साथै आइसीयुमा २३ र भेन्टिलेटरमा ३ जनाको उपचार भइरहेको छ ।
नेपालमा थप १ लाख ६ हजार ७९ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ ।
वि.सं.२०७८ चैत १४ सोमवार १६:३६ मा प्रकाशित






























