काठमाडौं । स्थानीयतहको निर्वाचनबारे जानकारी लिनका लागि अब ११०२ मा फोन गर्न सकिने छ ।
निर्वाचन आयोगले मंगलबारदेखि संचालनमा ल्याएको कल सेन्टरको टोल फ्री नम्बर ११०२ मा फोन गरी निर्वाचनका बारेमा जानकारी लिन सकिनेछ ।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाद्धारा उद्घाटन गरिएको उक्त कल सेन्टर आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचन बारे जानकारी तथा जिज्ञासा मेटाउने गरी सुरु भएको हो ।

वि.सं.२०७८ चैत १५ मंगलवार १५:२० मा प्रकाशित






























