back
CTIZAN AD

एमसीसी अनुमोदनप्रति आपत्ति जनाउँदै माओवादी छाड्ने नेताहरु फेरि फर्किए

वि.सं.२०७८ चैत १७ बिहीवार

984 

shares

काठमाडौं । एमसीसी अनुमोदन गर्ने पार्टी निर्णयप्रति आपत्ति जनाउँदै माओवादी केन्द्र परित्याग गर्ने महात्तरीका नेताहरु पुनः पार्टीमा फर्किएका छन् । एमसीसी अनुमोदनप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रका महात्तरी संयोजकसहित प्रदेशस्तरीय आधा दर्जन नेताले पार्टी छाड्का थिए ।

माओवादी केन्द्रकै पहलमा ‘व्याख्यात्मक घोषणा’सहित संसदबाट एमसीसी पारित भएको थियो । तर, उक्त कदमप्रति माओवादीभित्र तिव्र असन्तुष्टि देखिएको छ ।

यसबीच माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले एमसीसीका विषयमा पार्टीभित्र उठेका मतभेदहरुलाई समाधान गर्न बेग्लै फोरम सञ्चालन गर्ने निर्णय गरेको छ । केन्द्रले एमसीसीको विषयमा फोरम सञ्चालन गर्न निर्णय गरेसँगै महोत्तरीका नेताहरु पुनः पार्टीमा फर्किन सहमत भएका हुन् ।

प्रदेश २ का प्रदेश इन्चार्ज गणेश शाहले सबै नेताहरु पार्टीमा फर्किसकेको बताए । उनका अनुसार नेताहरु साबिककै जिम्मेवारीमा क्रियाशिल भइसकेका छन् ।

एमसीसी अनुमोदनप्रति आपत्ति जनाउँदै माओवादीको महोत्तरीका नेताहरु तुलसी ढुङ्गना, रामबहादुर राणा, वैधनाथ यादव, राजन ढुङ्गना, उर्मिला कार्कीलगायतले पार्टी परित्याग गरेका थिए ।

वि.सं.२०७८ चैत १७ बिहीवार १७:३२ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...