back
CTIZAN AD

जिल्लामा विकास खर्च न्यून

वि.सं.२०७८ चैत १८ शुक्रवार

858 

shares

बेनी । चालु आर्थिक वर्षको पहिलो साढे आठ महिनामा म्याग्दीमा विकासतर्फको बजेट खर्च निराशाजनक छ ।

जिल्लामा रहेका विकास योजनामा सङ्घ र प्रदेश सरकारबाट प्राप्त बजेटमध्ये पुँजीगत खर्च न्यून देखिएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीका अनुसार जिल्लामा चालु आर्थिक वर्षको चैत १५ गतेसम्म भएको पुँजीगत खर्चमध्ये सङ्घतर्फ १२ दशमलब ६७ प्रतिशत र प्रदेशतर्फ २८ दशमलब २३ प्रतिशत खर्च भएको छ ।

सो अवधिमा सङ्घतर्फ कुल रु ५३ करोड १६ लाख ९२ हजार बजेटमध्ये रु ६ करोड ७३ लाख ७० हजार ९१२ दशमलब ६७० प्रतिशत खर्च भएको छ । विकासमा प्रदेशतर्फ रहेको कुल रु ६२ करोड ६८ लाख ५० हजार बजेटमध्ये रु १७ करोड ७० लाख ६ हजार २७५ बजेट ९२८ दशमलब २३० प्रतिशत खर्च भएको कोष नियन्त्रक युक्तप्रसाद शर्माले जानकारी दिए ।

सङ्घतर्फ रहेका कुल बजेटमध्ये करिब रु ५० करोड बजेट सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र अन्य योजनामा खर्च भइरहेको तथा त्यसको भुक्तानी नहुँदा खर्च न्यून देखिएको जनाइएको छ ।

आर्थिक वर्षको आठ महिनामा सङ्घ तथा प्रदेशको ४० प्रतिशत विकास बजेट खर्च हुनुपर्ने मान्यता रहेको छ । तर विकासतर्फको बजेट कार्यान्वयनमा साउन भदौ बर्खा, असोज कात्तिक चाडपर्व र मङ्सिर पुस लगायतको महिना जाडो र कोभिडका कारण सोचे जस्तो रुपमा विकास खर्च हुन नसकेको कोष नियन्त्रक शर्माले बताए ।

“विकास योजनाको काम भइरहेको छ, अधिकांश योजनाको बजेट भुक्तानीको चरणमा छ”, उनले भने । त्यस्तै प्रदेशतर्फको विकास बजेटमध्ये पूर्वाधार विकास कार्यालयको रु ३८ करोड ४२ लाख ३० हजारमध्ये रु १२ करोड १९ लाख ४१ हजार खर्च भएको छ । उक्त कार्यालयको उपलब्धि ३२ प्रतिशत देखिन्छ ।

रासस

वि.सं.२०७८ चैत १८ शुक्रवार १६:४५ मा प्रकाशित

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध...

नेपाल टेलिकमको ‘मनसुन अफर २०८३’ सार्वजनिक, के-के छन त नयाँ सुविधा

नेपाल टेलिकमको ‘मनसुन अफर २०८३’ सार्वजनिक, के-के छन त नयाँ सुविधा

काठमाडौँ । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि थप आकर्षक प्याकेज...

नेपाल राष्ट्र बैंकद्वारा वित्तीय ठगीबाट बच्न सर्वसाधारणमा सचेतनामूलक सन्देश जारी

नेपाल राष्ट्र बैंकद्वारा वित्तीय ठगीबाट बच्न सर्वसाधारणमा सचेतनामूलक सन्देश जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय प्रविधिको विकाससँगै बढ्दै...

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

गण्डकी । पहिरामा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा बुबा र...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

ह्वातै घट्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वातै घट्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।...