Logo
२० जेष्ठ २०८०, शनिबार
     Sat Jun 3 2023
E-paper
  English Edition
   Unicode
Logo

पाकिस्तानको संसद विपक्षीको कब्जामा : छानियो नयाँ प्रधानमन्त्री



काठमाडौं । पाकिस्तानको संसदमा यतिबेला अनौठो घटना चलिरहेको छ । प्रधानमन्त्री इमरान खानले संसद विघटन गर्दै चुनावको घोषणा गरेलगत्तै विपक्षीले संसदलाई कब्जा गरेका छन् ।

विपक्षी दलका सांसदहरुले अविश्वासको प्रस्तावमा मतदान गर्दै नयाँ प्रधानमन्त्री चयन गरेका छन् । विपक्षी दलबाट पीएमएल–एनका नेता शाहबाज सरिफ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

विपक्षीले संसद कब्जा

पाकिस्तानको राष्ट्रिय सभामा धर्नामा बसेका विपक्षी दलहरूले संसद कब्जा गरेका हुन्। विपक्षी दलले अयाज सादिकलाई सभामुख निर्वाचित गरेको छ भने अविश्वासको प्रस्तावमा पनि मतदान गरेको छ । अविश्वासको प्रस्तावको पक्षमा १९५ मत परेको विपक्षीले बताएका छन् ।

संसद मुद्दा सर्वोच्चमा

पाकिस्तानमा राजनीतिक उथलपुथलका बीच पाकिस्तानको सर्वोच्च अदालत सक्रिय भएको छ । संसद विघटनको मुद्दामा सुनुवाइ गर्न सर्वोच्चले विशेष इजलास गठन गरिएको छ । इजलासले विघटनको मुद्दामा छिटोभन्दा छिटो आदेश दिने गरि तयारी गरेको छ ।

सम्बन्धित समाचार

अविश्वासको प्रस्ताव खारेज भएसँगै इमरान खानले गरे संसद भंग गर्न सिफारिस

इमरानले सिफारिस गरे लगत्तै राष्ट्रपतिले गरे संसद विघटन, ९० दिनपछि हुनेछ निर्वाचन


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।