Logo
२१ जेष्ठ २०८०, आईतवार
     Sun Jun 4 2023
E-paper
  English Edition
   Unicode
Logo

हिन्दुवादी र राजवादीसँग एमालेले चुनावी तालमेल गर्ने, बनायो वार्ता समिति



काठमाडौं । नेकपा (एमाले)ले हिन्दुवादी र राजावादी शक्तिसँग चुनावी तालमेल गर्ने भएको छ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग चुनावी तालमेलको लागि छलफल बढाएको एमालेले अर्को हिन्दुवादी पार्टी राप्रपा नेपालसँग पनि छलफल अगाडि बढाएको हो । एमालेले दुवै पार्टीसँग चुनावी सहकार्य गर्ने गरि तयारी बढाएको छ ।

चुनावी तालमेल गर्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवलशमशेर राणासँग केही दिन अघि मात्रै छलफल भएको थियो । राणासँगको छलफल लगत्तै ओलीले कमल थापा नेतृत्वको राप्रपा नेपालसँग छलफल अगाडि बढाएका छन् ।

एमालेले राप्रपा नेपालसँग चुनावी तालमेलको लागि वार्ता समिति नै गठन गरेको छ । एमालेको तर्फबाट देवेन्द्र दाहाल र राप्रपाको तर्फबाट महामन्त्री सुशील कुमार श्रेष्ठ नेतृत्वको वार्ता समिति गठन गरिएको छ । जसले केन्द्रदेखि तल्लो तहसम्म चुनावी तालमेल गर्न निर्णायक काम गर्नेछ ।

एमाले, राप्रपा, राप्रपा नेपाल र लोसपासहितको गठबन्धन

पाँच दलीय सत्तारुढ गठबन्धनको विरुद्वमा एमालेले लिङदेन नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपाबीच चुनावी गठबन्धन बनाउने प्रयास गरेको छ । राजावादी, हिन्दुवादी र मधेशवादीबीच सहकार्य गर्ने एमालेको तयारी छ ।

बताइएअनुसार एमालेले तराईको पृथकतावादी समूह सिके राउतसँग पनि छलफल बढाएको छ । यदि राउत पनि सहभागि भए तराईमा एमालेलाई थप सजिलो हुने अनुमान छ ।

चुनावी गठबन्धनलाई हेर्दा, एमालेले हिन्दुको नारालाई उठाउने सम्भावना छ । एमालेको केन्द्रीय समिति बैठकमै हिन्दु राष्ट्र बनाउने प्रस्ताव भएको थियो । एमालेभित्र संघीयता र धर्मनिरपेक्षता खारेज गर्नुपर्ने माग उठिरहेको छ ।

सम्बन्धित समाचार

आन्तरिक रिपोर्टले ओली तनावमा, हिन्दु र राजावादीसँग गठबन्धन बनाउन थाले प्रयास


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

राज कुमार राजभण्डारी, खोटाङ्गे थिमी, भक्तपुर १. सबेरै उठ्नु धेरै राम्रो स्वास्थ शरीर बन्छ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।