back
CTIZAN AD

हिन्दुवादी र राजवादीसँग एमालेले चुनावी तालमेल गर्ने, बनायो वार्ता समिति

वि.सं.२०७८ चैत २० आइतवार

897 

shares

काठमाडौं । नेकपा (एमाले)ले हिन्दुवादी र राजावादी शक्तिसँग चुनावी तालमेल गर्ने भएको छ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग चुनावी तालमेलको लागि छलफल बढाएको एमालेले अर्को हिन्दुवादी पार्टी राप्रपा नेपालसँग पनि छलफल अगाडि बढाएको हो । एमालेले दुवै पार्टीसँग चुनावी सहकार्य गर्ने गरि तयारी बढाएको छ ।

चुनावी तालमेल गर्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवलशमशेर राणासँग केही दिन अघि मात्रै छलफल भएको थियो । राणासँगको छलफल लगत्तै ओलीले कमल थापा नेतृत्वको राप्रपा नेपालसँग छलफल अगाडि बढाएका छन् ।

एमालेले राप्रपा नेपालसँग चुनावी तालमेलको लागि वार्ता समिति नै गठन गरेको छ । एमालेको तर्फबाट देवेन्द्र दाहाल र राप्रपाको तर्फबाट महामन्त्री सुशील कुमार श्रेष्ठ नेतृत्वको वार्ता समिति गठन गरिएको छ । जसले केन्द्रदेखि तल्लो तहसम्म चुनावी तालमेल गर्न निर्णायक काम गर्नेछ ।

एमाले, राप्रपा, राप्रपा नेपाल र लोसपासहितको गठबन्धन

पाँच दलीय सत्तारुढ गठबन्धनको विरुद्वमा एमालेले लिङदेन नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपाबीच चुनावी गठबन्धन बनाउने प्रयास गरेको छ । राजावादी, हिन्दुवादी र मधेशवादीबीच सहकार्य गर्ने एमालेको तयारी छ ।

बताइएअनुसार एमालेले तराईको पृथकतावादी समूह सिके राउतसँग पनि छलफल बढाएको छ । यदि राउत पनि सहभागि भए तराईमा एमालेलाई थप सजिलो हुने अनुमान छ ।

चुनावी गठबन्धनलाई हेर्दा, एमालेले हिन्दुको नारालाई उठाउने सम्भावना छ । एमालेको केन्द्रीय समिति बैठकमै हिन्दु राष्ट्र बनाउने प्रस्ताव भएको थियो । एमालेभित्र संघीयता र धर्मनिरपेक्षता खारेज गर्नुपर्ने माग उठिरहेको छ ।

सम्बन्धित समाचार

आन्तरिक रिपोर्टले ओली तनावमा, हिन्दु र राजावादीसँग गठबन्धन बनाउन थाले प्रयास

वि.सं.२०७८ चैत २० आइतवार १७:५१ मा प्रकाशित

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधा । सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक...

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहा । सिरहामा दुई पक्षबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली...

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक...

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

काठमाडौँ । आज साताको पाँचौँ कारोबारको दिन पनि नेप्से परिसूचक...

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

काठमाडौँ । ‘जेनजी मुभमेन्ट नेपाल’ले देशका विभिन्न भागमा पछिल्लो समय...