back
CTIZAN AD

इमरान खानद्धारा पूर्व प्रधानन्यायाधीस अहमदलाई काम चलाउ प्रधानमन्त्रीको रूपमा प्रस्ताव

वि.सं.२०७८ चैत २१ सोमवार

825 

shares

इस्लामाबाद, पाकिस्तान ।  पाकिस्तानमा जारी राजनैतिक सङ्कट समाधानका लागि भन्दै पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) अध्यक्ष इमरान खानले सोमबार पूर्व मुख्य न्यायाधीश गुलजार अहमदलाई पाकिस्तानको कामचलाउ प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेको पाकिस्तानी सूचना तथा प्रसारण मन्त्री फवाड चौधरीले पुष्टि गरेका छन् ।

प्रभात अखबारका अनुसार पीटीआईको उच्चस्तरीय समितिबाट अनुमोदन भएपछि इमरान खानले यस्तो निर्णय गरेको उनलेले बताए ।

गुलजार अहमदको नामाङ्कन संविधानको धारा २२४– क (१) अन्तर्गत काम चलाउ प्रधानमन्त्रीको रूपमा नियुक्तिका लागि उपयुक्त व्यक्तिहरूको नाम प्रस्ताव गर्न राष्ट्रपति डा. आरिफ अल्वीले सोमबार प्रधानमन्त्री तथा विपक्षी नेतालाई लेखेको पत्रपछि खानले उक्त प्रस्ताब गरेको बताए ।
इमरान खानविरुद्धको अविश्वासको प्रस्तावलाई राष्ट्रिय सभाका उपसभामुखले खारेज गरेको एक दिनपछि प्रधानमन्त्रीबारे यस्तो निर्णय गरिएको हो ।

राष्ट्रपति आरिफ अल्वीले खानको सल्लाहमा राष्ट्रिय सभा भङ्ग गरेका छन् । सन् २०१९ को डिसेम्बर २१ मा पाकिस्तानको २७ औं प्रधान न्यायाधीशका रुपमा शपथ लिएका अहमदको जन्म २ फेब्रुअरी १९५७ मा कराँचीमा भएको थियो । प्रभात अखबारका अनुसार उनले सन् २०२२ फेब्रअरीसम्म प्रधानन्यायाधीशको रूपमा काम गरेका थिए ।एएनआई

 

वि.सं.२०७८ चैत २१ सोमवार २०:४६ मा प्रकाशित

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालनमा ल्याएको...

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

लाहोर (पाकिस्तान) । पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक...

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए...

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...