back
CTIZAN AD

पाकिस्तानका राष्ट्रपतिद्धारा आम निर्वाचनको मिति प्रस्ताव गर्न निर्वाचन आयोगलाई आग्रह

वि.सं.२०७८ चैत २४ बिहीवार

816 

shares

इस्लामावाद, पाकिस्तान ।  देशमा जारी राजनीतिक उथलपुथलका बीच पाकिस्तानको राष्ट्रपतिको सचिवालयले आम निर्वाचनका लागि मिति प्रस्ताव गर्न पाकिस्तानको निर्वाचन आयोग (ईसीपी) लाई आग्रह गरेको छ ।

पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले ट्वीटरमा सेयर गरेको सचिवालयको अप्रिल ५ गतेको पत्रमा देशको संविधानको प्रावधानअनुसार अप्रिल ३ मा भएको राष्ट्रियसभा विघटनको मितिदेखि नब्बे दिनभित्र आम निर्वाचन सम्पन्न गर्ने मिति प्रस्ताव गर्न ईसीपीलाई आग्रह गरेको छ ।

“संविधानको धारा ४८ को उपधारा ५ (क) र धारा २२४ को उपधारा (२) मा राष्ट्रपतिले राष्ट्रियसभा विघटन भएको मितिले ९० दिन नकाट्दै राष्ट्रियसभाको निर्वाचन सम्पन्न गर्ने व्यवस्था गरिएको छ,” विज्ञप्तिमा लेखिएको छ ।

यसले निर्वाचन ऐन २०१७ अनुसार आम निर्वाचनको मिति घोषणा गर्न ईसीपीसँग परामर्श आवश्यक रहेको पनि बताएको छ । प्रधानमन्त्री इमरान खानको सल्लाहपछि आइतबार अल्वीले पाकिस्तानी संसद् भङ्ग भएको घोषणा गरेका छन् ।

प्रधानमन्त्री इमरान खानले संसद्को उपसभामुखले खानमाथिको अविश्वासको प्रस्तावलाई ‘असंवैधानिक’ भन्दै अस्वीकार गरेको केही मिनेटपछि उक्त प्रस्ताव गरेका थिए । यसैबीच, कामचलाउ प्रधानमन्त्री नियुक्त नहुँदासम्म इमरान खानले प्रधानमन्त्रीका रूपमा निरन्तरता दिनेगरी राष्ट्रपतिले जिम्मेवारी तोकेका छन् । पाकिस्तानको सर्वोच्च अदालतले राष्ट्रियसभा विघटनको विषयमा विचार गरिरहेको भन्दै नयाँ प्रधानमन्त्री नियुक्त नहुँदासम्म जिम्मेवारीलाई निरन्तरता दिन प्रधानमन्त्री खानलाई नै तोकिएको हो ।एएनआई

 

वि.सं.२०७८ चैत २४ बिहीवार ०८:०२ मा प्रकाशित

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...