back
CTIZAN AD

ओमिक्रोन एक्सई भेरिएन्ट भएका भारतीयको अवस्था सामान्य

वि.सं.२०७८ चैत २४ बिहीवार

780 

shares

नयाँ दिल्ली । कोरोनाभाइरस (कोभिड–१९) को ओमिक्रोन एक्सई भेरिएन्टबाट सङ्क्रमित भनिएका भारतका पहिलो बिरामीको अवस्था गम्भीर नभएको स्थानीय स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

रिपोर्टअनुसार बिरामी एक महिला रहेको र उनी फेब्रुअरी १० मा दक्षिण अफ्रिकाबाट मुम्बई आइपुगेको तर उनमा कुनै जटील समस्या नदेखिएको चिकित्सकले बताएका छन् ।

अधिकारीका अनुसार मुम्बईबाट आएका २३० नमुनामध्ये २२८ वटा ओमिक्रोन भेरियन्टका छन्् । त्यस्तै एक जनामा काप्पा भेरियन्ट भेटिएको र अर्कोमा ओमिक्रोन एक्सई भेरिएन्ट रहेको पाइएको छ ।

अधिकारीले भने, “यो भाइरसको नयाँ किटाणुबाट सङ्क्रमित बिरामीको अवस्था गम्भीर छैन ।”

“ओमिक्रोनको बीए–टु प्रजातीभन्दा एक्सई १० प्रतिशत बढी सङ्क्रमण हुनसक्ने देखिएको छ । अहिलेसम्म बीए–२ सबै कोभिड–१९ भेरिएन्टमध्ये सबैभन्दा सङ्क्रामक ठानिएको छ । सिन्ह्वा

वि.सं.२०७८ चैत २४ बिहीवार ०८:०८ मा प्रकाशित

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...