२४ चैत, काठमाडौँ । साताको अन्तिम दिन बिहिबार सेयर बजार नेप्से ३५ दशमलव ६६ अंकले वृद्धि हुर्दै समग्र परिसूचक पनि बढेर २४६४ दशमबल ३१ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि ८ दशमलब १३ अंकले बढेर ४६३ दशमलब ७३ अंकमा पुगेको छ ।
आज कुल सूचिकृतमध्ये २२४ कम्पनीको २ अर्ब १२ करोड १५ लाख ११ हजार २७९ रुपैंयाँ बराबरका ५४ लाख ४४ हजार ७३८ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ४२ हजार ५ सय ६ पटक लेनदेन भएको छ ।
कारोबार रकमको आधारमा नबिल बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन डिष्टिलरी, शिवम सिमेन्ट, अरुण भ्याली हाईड्रोपावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा प्राइम कमर्सियल बैंक, एचआईडिसिएल, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, ग्लोबल आईएमई बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।
आज सबैभन्दा धेरै कमाउनेमा हिमालयन पावर पार्टनर, नेष्डो लघुविक्त, नेपाल टेलिकम, एक्सल डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त लगायतका कम्पनीका लगनीकर्ताहरु परेका छन । त्यसैगरी आज सबै भन्दा धेरै गुमाउनेमा भने राष्ट्र उत्थान लघुवित्त, इमजिङ्ग नेपाल, सर्पोट माइक्रोफाइनान्स, न्यादी हाईड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।
वि.सं.२०७८ चैत २४ बिहीवार १५:१७ मा प्रकाशित






























