इन्द्रेणी शर्मा जलद, लन्डन बेलायत
टिभीमा प्रकाश सपूतको पिरको भिडियो हेर्दै गर्दा भाबुक हुँदै आँसु टिलपिलाए राधाको । आफ्नो भाई रुपेश र रामकृष्णलाई सम्झिन पुगिन् ।
उनीहरू परदेशिएको वर्षौ भयो रुपेश फर्के तर राधाकृष्ण फर्केनन् । राधाले अनायास आफैंमा हराउन पुगिन् ।
रामकृष्णलाई द्वन्दकालमा बाँच्न मुश्किल हुदै थियो समय कठिन थियो रातारात जिल्लामा पुगेर मुग्लानतिर हानिए । सामाजिक वातावरणमा हुर्केका राजाराम भने बलजफ्ती विद्रोही समूहमा सामेल हुनुपर्यो । उनी दोहोरो भीडन्तमा म्याग्दीको बेनीमा मारिए ।
राधाकृष्णले मास्टरी गर्थें गाउँकै स्कुलमा । धेरैपटक उर्दी आउँथ्यो अटेर गरेर बसेका थिए । एकदिन गाउँकै साहुकान्छाको हत्या गरे पछि उनी छाँगाबाट खसे । युद्ध विराम गरें पनि नयाँ पद्धति आए पनि समाजको परिवेश उनको लागि सहज थिएन । छापामारको निशानामा थिए । र हराएको वर्षौं भएको थियो ।
युट्युबबाट एकदिन प्रकाश सपूतको गीत सुने । उनको गीतले हंगामा मच्चाएको थियो । पुरानो याद आयो । आज उनलाइ आफ्नो जीवनको बारेमा भएको अत्याचार सम्झे । सुकिला मुकिला हरुको जीवन शैली हेरेँ । युवा पलायन हुनुको कारण बुझें ।
दिक्क लाग्ने ती दिनहरु सम्झिए नरहरि कमरेडले सुनाएका भाषण सम्झे । एकदिन अचानक उनीसँगनै कतारमै भेट भयो । धेरै कुरा भए नरहरीले आक्रोश पोख्दै भने –राधाकृष्ण दाई देश त स्वाहा पारे पारे हामीलाइ केके सपना बाडेनन् ।
माफ गर्नुहोस् भाई तपाईंले नै पहिले मलाई तारो बनाएको हुनुहुन्थ्यो भुल्नु भयोे ? भो अरु सम्झिने मन छैन ।
भन्नोस् के गर्नु हुन्छ तपाईँको कमरेडलाई ?
के गर्नु ? आफै लाचार र हिनताबोधमा छन् जिउँदालास बनेर सडक र सदनमा दिन बिताएका छन् ।
एकदिन अचानक राधाको फोन आयो धेरै कुरा भए समाजको स्थिति बिग्रेको उस्तै थियो पछि उनी नेपाल आए ।
छोराछोरी विदेश पलायन भै सकेका थिए । गाउँबस्ती सुनसान थियो । विगत अत्यंत हृदयविदारक थियो त्यो सम्झिन् चाहँदैनथे । देशको राजनीति दिनप्रति अत्यंत नाजुक हुँदै थियो । छिमेकीको गिद्देनजर ढुकिरहेको महसुस हुन्थ्यो ।
रामकृष्णको मन झन दुखित थियो ।
जवाफ थिएन यादहरु जटिल थिए ।
वि.सं.२०७८ चैत २६ शनिवार ०८:०३ मा प्रकाशित






























