back
CTIZAN AD

लघुकथाः सम्झिने मन छैन

वि.सं.२०७८ चैत २६ शनिवार

657 

shares

इन्द्रेणी शर्मा जलद, लन्डन बेलायत

टिभीमा प्रकाश सपूतको पिरको भिडियो हेर्दै गर्दा भाबुक हुँदै आँसु टिलपिलाए राधाको । आफ्नो भाई रुपेश र रामकृष्णलाई सम्झिन पुगिन् ।

उनीहरू परदेशिएको वर्षौ भयो रुपेश फर्के तर राधाकृष्ण फर्केनन् । राधाले अनायास आफैंमा हराउन पुगिन् ।

रामकृष्णलाई द्वन्दकालमा बाँच्न मुश्किल हुदै थियो समय कठिन थियो रातारात जिल्लामा पुगेर मुग्लानतिर हानिए । सामाजिक वातावरणमा हुर्केका राजाराम भने बलजफ्ती विद्रोही समूहमा सामेल हुनुपर्यो । उनी दोहोरो भीडन्तमा म्याग्दीको बेनीमा मारिए ।

राधाकृष्णले मास्टरी गर्थें गाउँकै स्कुलमा । धेरैपटक उर्दी आउँथ्यो अटेर गरेर बसेका थिए । एकदिन गाउँकै साहुकान्छाको हत्या गरे पछि उनी छाँगाबाट खसे । युद्ध विराम गरें पनि नयाँ पद्धति आए पनि समाजको परिवेश उनको लागि सहज थिएन । छापामारको निशानामा थिए । र हराएको वर्षौं भएको थियो ।

युट्युबबाट एकदिन प्रकाश सपूतको गीत सुने । उनको गीतले हंगामा मच्चाएको थियो । पुरानो याद आयो । आज उनलाइ आफ्नो जीवनको बारेमा भएको अत्याचार सम्झे । सुकिला मुकिला हरुको जीवन शैली हेरेँ । युवा पलायन हुनुको कारण बुझें ।

दिक्क लाग्ने ती दिनहरु सम्झिए नरहरि कमरेडले सुनाएका भाषण सम्झे । एकदिन अचानक उनीसँगनै कतारमै भेट भयो । धेरै कुरा भए नरहरीले आक्रोश पोख्दै भने –राधाकृष्ण दाई देश त स्वाहा पारे पारे हामीलाइ केके सपना बाडेनन् ।

माफ गर्नुहोस् भाई तपाईंले नै पहिले मलाई तारो बनाएको हुनुहुन्थ्यो भुल्नु भयोे ? भो अरु सम्झिने मन छैन ।

भन्नोस् के गर्नु हुन्छ तपाईँको कमरेडलाई ?

के गर्नु ? आफै लाचार र हिनताबोधमा छन् जिउँदालास बनेर सडक र सदनमा दिन बिताएका छन् ।

एकदिन अचानक राधाको फोन आयो धेरै कुरा भए समाजको स्थिति बिग्रेको उस्तै थियो पछि उनी नेपाल आए ।

छोराछोरी विदेश पलायन भै सकेका थिए । गाउँबस्ती सुनसान थियो । विगत अत्यंत हृदयविदारक थियो त्यो सम्झिन् चाहँदैनथे । देशको राजनीति दिनप्रति अत्यंत नाजुक हुँदै थियो । छिमेकीको गिद्देनजर ढुकिरहेको महसुस हुन्थ्यो ।
रामकृष्णको मन झन दुखित थियो ।

जवाफ थिएन यादहरु जटिल थिए ।

 

वि.सं.२०७८ चैत २६ शनिवार ०८:०३ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...