गणेश लोहनी, चितवन हाल पोल्याण्ड
१
मैना पनि कडा कडा बोल्छ किन किन ?
हिउँखर्कमा सल्किएको डढेलोको असर हो कि
मुटु पनि भित्र भित्रै पोल्छ किन किन ?
२
बारुदको बादलले आकाश कालो कालो
विशाल विशाल गब्देरामा चीरनिन्द्रामा खाँदिए मान्छे
ऐतिहासिक धरोहर विनास कालो कालो
३
काला सागरमा तैनात युद्ध पोत कालै छ
सहधर्मी सहबर्णको बन्धु बान्धव नचिन्ने यो युद्ध आँदो
बन्धु हत्याको खुनि चाण्डाल कोत कालै छ
४
सपनाका ती महलहरू ढलिरहेका छन्
निसानामा परेकाछन् सभ्यताका पुर्ख्यौली निसानीहरू
अखण्ड चहलपहलहरू ढलिरहेकाछन्
५
एकादश रुद्रहरू त्यतै भिडे झैं भयो
श्री स्वस्थानी कथामा त्रिपुर बलेझैं बल्दैछ युक्रेन
शान्ति अन्त कतै बसाईं हिँडे झैं भयो
वि.सं.२०७८ चैत २६ शनिवार ०७:५९ मा प्रकाशित






























