back
CTIZAN AD

कविता : जलिरहेछ आँत

वि.सं.२०७८ चैत २६ शनिवार

651 

shares

पदम दाहाल, लोकन्थली, भक्तपुर

मनभरिको एक जुवा घमाइलो घाम तापेर
छुटिरहेछ प्रेमिल जोडी
मध्य यौवनको कहर डाकेर नियाल्दैछु म उसैको फक्रिँदो जवानीलाई
आग्लो हालेपछि साइतको द्वारमा
ढोका नउघ्रेझैँ ठान्दैछु ऐले म
खाडी खुसाउन अस्ताइरहेछ
जीवन जिउनुबापत निस्ताइरहेछ
मायालु बैँसालु जुनी
एकलकाँटे बनेर बाँचिरहेछ
नजानिँदो बगिरहेझैं लाग्छ बाढी
विभक्त भैरहेछ जिन्दगी
दुई किनारा बगर आधी आधी ।

कहिले सगबगाउँछ दिल
कहिले खाँदै कुटु-कुटु तड्पाउँछ मुटु
खै ! किन सकेन फुलाउन कसैले घरबार ?
किन सकेन खै! वसन्तको मुना पलाउन ?
लाग्छ,यौवन नगरी शून्यताको गुफा हो
वा एउटा भुत बङ्गला दरबार ?
हर्हराएन सुवास भर्भराएन आगो
कटरचम्पा याम पुगेर पनि सकेन हुर्किन
ओइलाए झैँ लागो थुँगा नपाएर पानी
मुर्झाउँदै थियो कोही
टाक्सिदै थियो कसैको जिन्दगानी
तर खै ! किन फक्रिएन देखिएन उभार
खुस्किन लागेको मुस्कान सप्रिँदै सप्रिएन ।

कसैले सोचेन झैँ दया करुणा बर्साउन
कि प्रेमिल सरगमको खोलिएन झङ्कार ?
गिज्याराइरहेझैँ लागो शरीरले स्वयम्
हरहराएझैँ भो प्यास
मेटिन भ्याएन तिर्खा
आशाको त्यान्द्रोले पङ्ख फिंजाउन
खोजे पनि
अनन्य जिज्ञासामा अङ्क जोडे घटाए पनि
कचपल्टाएर बितिरहेछ सिङ्गो दिन सिङ्गो रात
लाग्छ मृगमरिचिका भै जलिरहेछ आँत ।

 

 

वि.सं.२०७८ चैत २६ शनिवार ०७:५७ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...