back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७८ चैत २६ शनिवार

618 

shares

उत्तम विचार, काठमाडौं

१.
घामको उदय पूर्व भएझैँ अस्त पश्चिम हुनुपर्छ
डुबेपछि अँध्यारो नडुबुन्जेल रिमझिम हुनुपर्छ ।
थाहै हुन्न कि कतिबेला के हुने हो ! फेरि पनि
जीवनको सुरुवात जन्म मृत्यु अन्तिम हुनुपर्छ ।।

२.
नखाएको विष लाग्नु नजाती हुन्छ हजुर
र खाएको विष लाग्नु प्राणघाती हुन्छ हजुर ।
फूलको देशमा मौरीलाई बाँच्न हम्मे देख्छु
पछि यही दुनियाँका छोरानाति हुन्छ हजुर ।।

३.
चिन्तालाई चिन्तनमा ढाल्नुपर्छ हजुर
पाइलाहरू अन्तै मोडी चाल्नुपर्छ हजुर ।
सदाचारको बिरुवा भ्रष्टाचारले सुक्नु अघि
उखेलेर झारहरू गोडी फाल्नुपर्छ हजुर ।।

४.
झूट बिक्ने समाजमा सत्य टिक्न गाह्रो हुन्छ
सत्य जहाँ बलियो छ झूट बिक्न गाह्रो हुन्छ ।
सङ्गतले जाली र फटाह बनाउँछ मान्छेलाई
इमानदारीताको पाठ भने सिक्न गाह्रो हुन्छ ।।

५.
सुम्पिएपछि चोरलाई चौतारो यस्तै हुन्छ
न हुन्छन् बटुवा न बरपिपल दुरुस्तै हुन्छ ।
कवाडीको भाउमा देशको लगाएर दाउ
फुटपाथको मालझैँ ठाने सधैँ सस्तै हुन्छ ।।

वि.सं.२०७८ चैत २६ शनिवार ०७:५४ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...