back
CTIZAN AD

कथा : यनिभर्शरी

वि.सं.२०७८ चैत २६ शनिवार

1.1K 

shares

डा. प्रदिप मैनाली ‘स्वनाहम्’, काठमाडौं

‘ए ! दिलमाया, तेरो चै यनिभर्सरी नै आउँदैन कि के हो ? अमेरिका बसेर पनि कति गुमनाम बन्न सकेकी । कि लोभ गरेकी हो बोलाउनु पर्छ खुवाउनु पर्छ भनेर ?’, सुस्मिताले सोधिन् ।

‘सबैले ह्याप्पी यनिभर्सरी भनेर समाजिक संजालमा पोस्टयाउँदा आफुलाई पनि राख्न रहर नभएको कहाँ हो र ! यति मात्रै हो र, धुमधाम सँग मनाउन मलाई पनि त मन लाग्छ नि ।’

दिलमाया मनमनै सोच्छिन् । दुई वटा सन्तति कि आमा भैसकेकी मलाई अझैसम्म थाहा छैन कुन दिन हो यनिभर्सरी भनेर, नौ कक्षा पढ्दै गर्दा डाँडा घरे पण्डितको छोरा गुमानेले बिहे गर्छु भन्दै फकायो । घाँस दाउरा, मेलापात, जाग्रम जता जाँदा पनि छोडेन । पहिलो प्रेम भगवानको वरदान भन्छन् । मङ्सिरको महिना दाईँ गरेको परालको माचमा दाईँ गर्यो उसले । पराल माथि पराल भएँ म । मैले जिन्दगीमा धेरै सम्झने सम्झना हो यो । तर खै ! कसरी भनौं भगवानको वरदान पनि, काले सार्कीको छोरी गाउँलेले उसलाई जिम्मा लगाएपछि आकाशबाट खसे झैं भएकी थिएँ । त्यो दिन सम्झदा पनि अझै छाती चिरिएर आउँछ ।

उच्च शिक्षा पढ्न सहर आएँ । दिलिपले औधी ग¥यो । पुरुष मान्छे प्रतिको विश्वास त मैले पहिल्यै गुमाइसकेकी थिएँ । तर पनि उसको समर्पण अगाडि म घुँडा टेक्न बाध्य भएँ ।

सरस्वती पूजाको दिन गुहेश्वरी मन्दिरमा लगेर बाचा गरे पछि नै मैले मँ भन्न बिर्सिएर ऊ भन्ने भएकी थिँए । तर घर समाज कसैलाई पत्तो थिएन यो कुरा ।

बैशाखको दिन नगरकोटको जङ्गलमा लगेर उसले गौरीशंकर हिमाल देखाउदै थियो । मैले के बिर्सिएँ कुन्नि, स्वर्ग त्यही हो सम्झिँए । म अहिलेसम्म सायद उसैको हुने थिएँ यदि मोटरसाइकल दुर्घटनामा उसले यो संसार छोड्दैनथ्यो भने । अहिले पनि उसको अभाव धेरै खड्किएको झैं लाग्छ । हुन त जुन चिज आफू सँग छैन त्यसैको महत्व बढी भन्छन् ।

विदेश जाने लर्को बढेपछि अमेरिका पुग्ने जमर्को मैले पनि गरे । पुगेँ पनि । जत्रो कमाई उत्रै खर्च । जीवन धान्न गा¥हो । सँगै बस्ने प्रस्ताव गरे विश्वासले । उनी पश्चिमका थिए म पुर्वकी । तर ब्यवहारले उनी पूर्वको झैं देखिन्थे म चाहिँ पश्चिमकी झैं भैसकेकी थिएँ ।

पाँच बर्षको लिभिङ टुगेदरपछि बिहे गर्ने पक्कापक्कि भएर नेपाल फर्कियौं हामी । बिहेको तय भयो । दुर्भाग्य ! विवाह तोकिएको दुईदिन अगाडि विश्वासका काका बित्नु भयो र बिहे रोकियो । हामी कोर्ट म्यारिज गरेर अमेरिका फर्कियौं ।
गर्भमा बच्चा देखा पर्यो । बिहे त गर्नु नै पर्ने थियो । काका बित्नु भएको एक बर्ष बितिसकेकोले नेपाल फर्केर बिहे गर्ने सुरसार गर्यौ । बिहेको धुमधाम तय भयो । हामी नेपाल फर्कियौ र बिहे गर्यौ ।

बिहे भएको चार महिनामै नानी पाएँ । अहिले त दुइटा बच्चा कि आमा भै सकेँ ।

सबैले म्यारिज यनिभर्सरी मनाँउछ्न् । मेरो उहाँले पनि यनिभर्सरी मनाउने हैन भन्नु हुन्छ । म उहाँलाई सोध्छु कुन दिन हो हाम्रो यनिभर्सरी ? लिभिङ टुगेदर गरेर सगै बसेको दिन ? कोर्ट म्यारिज भएको दिन वा अर्को वर्ष नेपाल फर्किएर दुनियाँलाई विवाह भनेर देखाएको दिन ? उहाँ अलमल्ल पर्नु हुन्छ । हाँसि मजाकका साथ भन्नु हुन्छ, ‘दुई दिन मानौं न त कोर्ट म्यारिज गरेको दिन र बिहे गरेको दिन ।’
म भने अन्योलमा पर्छु । कोर्ट म्यारिज गरेको दिन मनाउँ भने दुनियाँ नाता गोता आफान्तलाई बिहे भनेर देखाएको, पण्डितले जग्यमा बसाएको दिन अर्कै हो । जग्यमा बसेको दिन मानौं भने चार महिना पछि बच्चा जन्मिएको छ । तिनले के भन्लान् । लिभिङ टुगेदरको पहिलो दिन सम्झना त छ, तर तिथि मिति थाहा छैन ।

यो त विश्वास सँगको मेरो विश्वासको कुरा भयो । “सम्बन्ध विश्वासमा चल्छ“ भन्छन् सायद यस्तै होला ! फेरि म एक मग्न भएर सोच्न पुग्छु त्यो मंसिर महिनाको परालको माँच जहाँ म पराल भएकी थिएँ, बैशाख महिनाको नगरकोट जहाँबाट अर्कोले गौरीशंकर देखाएथ्यो । लिभिङ टुगेदर गरेको दिन, कोट म्यारिज गरेको दिन, ब्राह्मण पढाएर जग्गेमा बसेको दिन । कुन दिन मनाउँ यनिभर्शरी ?

अब तँ आफैं भन सुस्मिता, मेरो मनले खाएको दिन, कानुनले पत्याएको दिन वा दुनियाँलाई देखाएको दिन, कुन दिन मनाउ यनिभर्शरी ?

 

वि.सं.२०७८ चैत २६ शनिवार ०७:५२ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...