back
CTIZAN AD

कविता : पर्खाइ

वि.सं.२०७८ चैत २६ शनिवार

1K 

shares

कृष्ण बाउसे

भइरहन्छन्
विविध दुर्घटनाहरू जीवनमा
तर
’के जीवन भनेकै दुर्घटना हो ?’

धेरैले धेरै पटक गरिसकेको यो प्रश्न
फेरि यसबेला
म आफैलाई गरिरहेछु
आफू जन्मेका दिनदेखि
आफ्नै कारण घटित दुर्घटनाहरूलाई सम्झँदै ।

मद्वारा घटित दुर्घटनाहरू
सधै
कसै न कसैकालागि
जीवन–मरणका प्रश्नहरू भएका छन् ।

मद्वारा घटित दुर्घटनाहरू
सधै
मलाई आशाको नजरले हेर्ने मेरा स्वजनका
अभिषापका कारणहरू भएका छन् ।

अर्को दुर्घटना !
जो मैले घटित गराएको नभइदिए हुन्थ्यो
र जसको सजायको लागि
मैले फेरि
अर्को दुर्घटनाको प्रतीक्षा गर्नु नपरे हुन्थ्यो
र अहिले जसरी
केवल बाँच्नकैलागि
पश्चाताप र प्रायश्चित्त गर्नु नपरे हुन्थ्यो ।

अरूको के कुरा गरौँ !
मैले गराएका दुर्घटनाहरूकै कारण
छिद्रैछिद्र परेको पानी जहाजमा
यात्रारत छिन् मेरो जन्मभूमि बोकेकी मेरी जन्मदातृ
र हरबखत
सबैका सामु हारगुहारको चित्कार गरिरहेकी छिन् ।

अन्जानहरूले मलाई सफाइ दिएर के भो !
म उम्कन सक्दिनँ
मैले आफै आत्मसात गरेका आरोपहरूबाट
– पिल्स्याउदै र पिल्सिदै आफैले लगाएका वन–डढेलाहरूबाट
– पुर्दै र पुरिँदै आफैले पहाड खोस्रेर निम्त्याएका पहिराहरूबाट
– तर्साउदै र तर्सदै आफैले बनाएका हृदयहीन रोबोटहरूबाट
त्यसैले त भन्दै छु –
दुर्घटना गराए बापतको सजायको लागि
म फेरि अर्को दुर्घटनाको प्रतीक्षा गरिरहेको छु ।

अर्को दुर्घटना !
जो मैले घटित गराएको नभइदिए हुन्थ्यो
र जसको सजायको लागि
मैले फेरि
अर्को दुर्घटनाको प्रतीक्षा गर्नु नपरे हुन्थ्यो
र अहिले जसरी
केवल बाँच्नकैलागि
पश्चाताप र प्रायश्चित्त गर्नु नपरे हुन्थ्यो ।

तर,
के यस धर्तीले
म साँच्चै नै श्रापमुक्त भएको त्यो दिन
चाँडै नै देख्न पाउला ?

 

वि.सं.२०७८ चैत २६ शनिवार ०७:५१ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...