back
CTIZAN AD

पाकिस्तानमा राजनीतिक उतारचढाव : शाहबाज सरिफ बन्ने भए प्रधानमन्त्री

वि.सं.२०७८ चैत २७ आइतवार

1.1K 

shares

एजेन्सी। पाकिस्तानका विपक्षी दलहरूले पाकिस्तान मुस्लिम लिग(नवाजका शाहबाज शरीफलाई साझा प्रधानमन्त्रीको उम्मेदवार बनाएका छन् । सोमबार हुने प्रधानमन्त्रीको निर्वाचनका लागि दलहरुले संयुक्त उम्मेदवार बनाएका छन्।

इमरान खान सरकारविरुद्व अविश्वासको प्रस्ताव दर्ता भएसँगै शाहबाजको नाम चर्चामा आएको थियो । पाकिस्तानी मिडियाका अनुसार शाहबाज शरीफले अपराह्न ४ बजे उम्मेदवारी दर्ता गर्नेछन् ।

यसैबीच, पाकिस्तानको जियो न्यूजले नयाँ प्रधानमन्त्री चयनका लागि राष्ट्रिय सभाको बैठक सोमबार दिउँसो २ बजे बस्ने जानकारी दिएको छ । यसअघि सोमबार बिहान ११ बजे अधिवेशन सुरु हुने भनिएको थियो ।

‘पुरानो पाकिस्तानमा स्वागत छ’

पाकिस्तानको विपक्षी दलका शीर्ष नेता बिलावल भुट्टो जरदारीले आइतबार अविश्वासको प्रस्ताव पारित भएसँगै इमरान खानको आलोचना गर्दै, “पुरानो पाकिस्तानमा फिर्ता स्वागत छ” भन्ने अभिव्यक्ति दिएका छन् ।

विपक्षीले नयाँ पाकिस्तान बनाउने वाचासहित सन् २०१८ मा सत्तामा आएका इमरानलाई प्रधानमन्त्री पदबाट हटाइएको छ । यसरी देशको इतिहासमा अविश्वासको प्रस्तावमार्फत सत्ताबाट हट्ने उनी पहिलो प्रधानमन्त्री बनेका छन् । एजेन्सीबाट

वि.सं.२०७८ चैत २७ आइतवार १५:१७ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...