back
CTIZAN AD

श्रीलंकाका अर्थमन्त्रीको जस्तो हाम्रो अर्थमन्त्री भाग्ने दिन नआओस्– पूर्वअर्थमन्त्री पाण्डे

वि.सं.२०७८ चैत २७ आइतवार

924 

shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आर्थिक संकटका कारण श्रीलंकाका अर्थमन्त्रीले जस्तो नेपालका अर्थमन्त्रीले भाग्ने स्थिति आउन सक्ने बताएका छन् ।

एमालेद्धारा आर्थिक अवस्थाका बारेमा आफ्नो धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष पाण्डेले विदेशबाट आएको पैसाका बारेमा राष्ट्र बैंकले अनुसन्धान गरिरहेका बेला अर्थमन्त्री जनार्दन शर्माले त्यो अनुसन्धान गर्नुनपर्ने भन्दै हस्तक्षेप गरेको बताए ।
‘हामी अर्थमन्त्री भएका मान्छे हौं । अर्थमन्त्रीले लेखेर फलानाको पैसा दे भनेर भन्नै मिल्दैन,’ उपाध्यक्ष पाण्डेले भने, ‘अर्थमन्त्री त्यो दिने अधिकारी होइन । अनुसन्धान भइरहेको बेलामा त्यो पैसा दे त्यो नदे भन्नु एकप्रकारले क्राइम हुन्छ । श्रीलंकामा अर्थमन्त्री भाग्ने रे भन्ने सुन्दैछु नेपालमा पनि त्यो दिन नआओस ।’

उनले संकट समाधानका लागि आग्रह पूर्वाग्रह नराखी सरकारले सबैपक्षसँग संवाद र सहकार्य गर्नुपर्ने बताए ।

‘देशमा राजनीतिक भन्दा पनि आर्थिक संकट आउन सक्छ । यस्तो बेलामा देश सबैभन्दा ठूलो कुरा रहेकोले राजनीतिलाई पर सारेर यो संकटबाट मुक्त हुनेतिर लाग्नुपर्ने बेलामा भएका यस्ता घटनाले दुर्घटनातर्फको यात्रामा धकेल्ने त होइन ।’ उनले भने ।

वि.सं.२०७८ चैत २७ आइतवार १५:३६ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...