back
CTIZAN AD

भारतमा कामगर्ने स्थानमा आगलागी हुँदा १४ वर्षीय नेपाली बालकको मृत्यु

वि.सं.२०७८ चैत २९ मंगलवार

1.2K 

shares

काठमाडौं । भारतमा आगलागीमा परेर एक १४ वर्षीय बालकको मृत्यु भएको छ ।

मंगलबार बिहान भारतको हिसारस्थित राजगुरु मार्केटको राम चाट भण्डारमा आगलागी हुँदा छत्रदेव गाउँपालिका ३ साजबोट अर्घाखाँचीका हिम बहादुर मुखियाका १४ वर्षे छोरा भिम बहादुर मुखियाको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त चाट भण्डारमा मंगलबार बिहान आगो लागेपछि बाहिर निस्कन नसक्दा उनको त्यहि ज्यान गएको बताइएको छ । उक्त चाट भण्डारमा कामगर्ने अन्य ९ जना नेपालीले भने भागेर ज्यान बचाएका थिए ।

घटनालगत्तै घटनास्थलमा पुगेको मुल प्रवाह अखिल भारत नेपाली एकता समाज, प्रवासी नेपाली संघ भारत र जनसम्पर्क समिति भारतका नेता तथा कार्यकर्ता त्यहाँ पुगेर चाट भण्डारका मालिकसँग छलफल गरेका थिए ।

उक्त छलफलपछि मृतक बालकका परिवारलाई ८ लाख क्षतिपूर्ति दिलाएर बालकको दाहसंस्कार गर्ने निर्णय गरिएको मुल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर कमिटीका सचिव तारा सोमरेले जानकारी दिएका छन् ।

वि.सं.२०७८ चैत २९ मंगलवार १५:०० मा प्रकाशित

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...