back
CTIZAN AD

प्रचण्डको स्पष्टीकरण : भरतपुर नभई हुँदैन भनेका छैनौ

वि.सं.२०७९ वैशाख ५ सोमवार

768 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुँहरुले भरतपुर महानगर नभई हुन्न नभनेको बताएका छन् । उनले ६ महानगरमध्ये माओवादीले कम्तिमा एक महानगर पाउनुपर्ने अडान राखेको स्पष्ट पारे ।

प्रचण्डले भरतपुरको साटो काठमाडौं वा विराटनगर भए पनि स्वीकार गर्ने बताए । “ भरतपुर नभई भएन भनेको छैन, रेनु नभई भएन भन्ने पनि अडान होइन”, पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “६ वटा महानगरमा एउटा माओवादीलाई पर्ला, काठमाडौं वा विराटनगर भए पनि हामी तयार छौं ।”

उनले यसअघिको निर्वाचनको अवस्था र स्थानीय वस्तुस्थितिका आधारमा माओवादीले भरतपुर मागेको बताए । विरोध हुने विषय सामान्य भएको भन्दै उनले औपचारिक निर्णय भएपछि सबै साम्य हुने दाबी गरे ।

“भरतपुर दिन मोटामोटी सहमति गठबन्धनमा छ, कांग्रेसका केही नेताले मानेका छैनन् तर औपचारिक निर्णय भएपछि यस्ता विरोधले तात्विक फरक पर्दैन”, उनले भनेका छन् ।

प्रचण्डले गठबन्धनभित्र सहमति नभए माओवादी एकल रुपमै प्रतिस्पर्धा गर्न तयार रहेको पनि स्पष्ट पारेका छन् । उनले मिल्नेसम्म मिलेर जाने अन्यथा एकल रुपमै प्रतिस्पर्धामा जाने बताए ।

वि.सं.२०७९ वैशाख ५ सोमवार १४:१६ मा प्रकाशित

गणेश यादवका परिवारसँग आठबुँदे सहमति

गणेश यादवका परिवारसँग आठबुँदे सहमति

जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्युु...

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न...

आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना

आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको...

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

काठमाडौँ । ठगी, आपराधिक विश्वासघात तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा सङ्लग्न...

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न...

खाजा पसलका नाममा बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

खाजा पसलका नाममा बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

गण्डकी । पोखरा महानगरपालिका–१८ चिसाखोलाका विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा...