back
CTIZAN AD

प्रश्नको घेरामा गभर्नर, एलसी बन्द गर्ने सरकारी निर्णय चुहाएको आशंका

वि.सं.२०७९ वैशाख ९ शुक्रवार

1K 

shares

काठमाडौं । बढ्दो आर्थिक संकट रोक्न सरकारले बिलासी वस्तुको आयातको प्रतीतपत्र (एलसी) नखोल्न गरेको तयारीको सूचना राष्ट्र बैंकबाटै चुहावट भएको तथ्य सार्वजनिक भएको छ । सरकारले उक्त निर्णय सार्वजनिक गर्नु अघि नै केही व्यापारीले अप्रत्यासित रुपमा एलसी खोलेको तथ्य सार्वजनिक भएको हो । केन्द्रीय बैंकबाटै सूचना चुहावट भएकै कारण उनीहरुले सरकारबाट निर्देशन आउनु अघि नै एलसी खोलेको उच्च स्रोतको दाबी छ ।

केन्द्रीय बैंकबाट सूचना बाहिरिएपछि एक कम्पनीले एलसी रोकिनुभन्दा १० दिन अघि मात्रै एकै पटक ७० करोड रुपैयाँभन्दा बढीको गाडी आयातको अनुमति पाएको तथ्य खुलेकाे  छ। व्यापारी सुहृद घिमिरे र पुरुषोत्तम पौड्यालको गाडी बिक्री गर्ने कम्पनीले एलसी रोक्नु अगाडि नै दुई पटकसम्म आयातको अनुमति पाएको भेटिएकाे हाे ।

उच्च स्राेतले बताएअनुसार राष्ट्र बैंकबाटै सूचना पाएपछि कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले ६३० वटा बिलासी कार आयातका लागि अनुमति लिएकाे थियो । कन्टिनेन्टल ट्रेडिङले चैत ११ मा २८० थान सेल्टेस गाडीको आयातको अनुमति पाएको थियो भने चैत १३ मा सोही कम्पनीले नै ३८० थान सोनेट कार खरिदको एलसी स्वीकृत पाएको थियो ।

छोटो अवधिमा दुई पटक एलसी खालेको तथ्य भेटेपछि सरकारले गभर्नर अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेको थियो । सरकारले पछिल्लो एलसी खोलेको १० दिनपश्चात अर्थात् चैत २३ मा अधिकारीमाथि छानबिन सुरु गरेको थियो । जससँगै गभर्नर अधिकारी निलम्बनमा परेका थिए ।

तर, सर्वोच्च अदालतले वैशाख ६ मा गरेको अल्पकालीन अन्तरिम आदेशसँगै गभर्नर अधिकारी राष्ट्र बैंक फर्किएका छन् । अदालतको आदेशसँगै तत्कालका लागि उनीमाथिको छानबिन रोकिएको छ । आशंकाको घेरामा परेका उनी अहिले वाहवाहीको पात्र बनेका छन् ।

स्मरणरहोस्, यस अघि नै सरकारले कतिपय बिलासिताका वस्तुहरु आयात गर्दा प्रतित पत्रका अलवा जति मूल्य बराबरको वस्तु आयात गर्नु पर्ने हो त्यति नै बढी रकम बैंकमा नगदै मौज्दात राख्नु पर्ने निर्णय गरेको थियो । जसका कारण कतिपय नेपाली व्यवसायीहरु व्यवसाय नै बन्द गर्ने अवस्थामा पुगेका छन् ।

 

विवादास्पद छविका व्यापारी हुन् घिमिरे र पौडेल

कन्टिनेन्टल ट्रेडिङ प्रालि कम्पनी कोरियाली कार निर्माता कियाका बिलासी कार, निर्माणजन्य मेसिनरी सामान आयात तथा बिक्री गर्ने कम्पनी हो । सुहृदराज घिमिरे र पुरुषोत्तम पौडेल कम्पनीका व्यवसायीक साझेदार हुन् । तर, दुवै व्यवसायी निकै विवादास्पद छवीका मानिन्छन् ।

बालुवाटार जग्गा प्रकरणमा मुछिएका घिमिरे र पौडेलमाथि कर छली गरि विदेशमा लुकाउने गरेको आरोप छ । अन्तराष्ट्रिय खोज पत्रकारहरुको संयन्त्र ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे)ले सार्वजनिक गरेको तथ्यअनुसार यी व्यवसायीले ट्याक्स हेभन मुलुक ब्रिटिस भर्जिन आइल्याण्डमा कम्पनी दर्ता दर्ता गरेका छन् । उनीहरुले नेपालमा कर छलि गरी आर्जन गरेको पैसा उक्त कम्पनीमार्फत विदेशमा लुकाउने गरेको आरोप छ ।

वि.सं.२०७९ वैशाख ९ शुक्रवार १४:११ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

हिमालयन लाइफमा सिईओ र डेपुटी सिईओ छनोट प्रकृया सुरु

हिमालयन लाइफमा सिईओ र डेपुटी सिईओ छनोट प्रकृया सुरु

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिईओ र डेपुटी...

मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्‍यो विशेष सर्च गाइड

मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्‍यो विशेष सर्च गाइड

काठमाडौं । टिकटकले नेपाली प्रयोगकर्तालाई मनसुनी वर्षाका कारण आउने बाढीका...

एससिटीले प्राप्त गर्यो आईएसओकाे अन्तर्राष्ट्रिय प्रमाणपत्र

एससिटीले प्राप्त गर्यो आईएसओकाे अन्तर्राष्ट्रिय प्रमाणपत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त भुक्तानी प्रणाली सञ्चालक (Payment...

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट...