back
CTIZAN AD

पाँच टुक्का कविता

वि.सं.२०७९ वैशाख १० शनिवार

849 

shares

अरुण कु.भुजेल, गोरूबथान, कालेबुङ्ग भारत

१.
सर्वत्र घुस्यो राजनीति उद्देश्य झोला भर्ने,
मूल ढोका हेर्दै नहेरी जस्केलो तिरै सर्ने ।

२.
नीति र नियत दुवै ठिक हुनु पर्छ भन्थे
कुर्सीमा पुगेपछि उही टेबुल मुनि गन्थे ।

३.
जनता अनि देश सधैँ मधुरो नै देखिन्छ,
यस्तोमा मनोभाव कसरी हँसिलो लेखिन्छ ?

४.
जनताको दुखेसो सुन्छ त्यो नेताले भोटमा,
जितेपछि जनता भुल्दै रमाउँछ नोटमा ।

५.
बिरामी भन्न त मिल्दैन सञ्चो पनि खासै छैन,
कटकटी दुख्छ भित्री मन यो छाम्न मिल्ने हैन ।

 

वि.सं.२०७९ वैशाख १० शनिवार ०६:१५ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...