back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७९ वैशाख १० शनिवार

954 

shares

बिन्दु पौडेल,दाङ तुल्सिपुर


भ्रष्ट मतियार भै लुक्छ खै खोजी हुन्छ यहाँ ?
कानुन पैसामा बिक्छ उसैको रोजी हुन्छ यहाँ
बाहिर बोक्रो, भित्र खोक्रो नेपालको कानुन
लाटो मर्छ बाठोले खान्छ उसैको गोजी हुन्छ यहाँ ।


मेरो मात्र होइन, सबैको होस् भन्ने भावना राखौं
मेहनत फुल्छ सधैं सधैं प्रयत्न साधना राखौं
मेरो परिचय तल्लिनतामा दियोस् मेरो समाजले
सधैं मनमा मानवीयता भरि हार्दिकता कामना राखौं ।


कहिले हराउँछु आफै भित्र कल्पनाको सहरमा
कहिले हराउँछु आफैं भित्र सपनाको लहरमा
असीमित हुँदा रहेछन् चाहानाहरु यो मनको
कहिले हराउँछु आफैं भित्र विपनाको शहरमा ।


अवसर भित्र आउने चुनौतीको पहाडलाई ठोक्नुपर्छ
माथ भित्र शुद्ध इच्छा आंकाक्षाहरु बोक्नुपर्छ
जति पलाए पनि समस्याका कुण्ठित यी जराहरु
स्वधर्मले तिखा बिझ्ने काँडालाई परैबाट रोक्नुपर्छ ।।


वसन्तको अनुपम शीतल छहारीमा
सुवास छर्दै मगमगाउने फूलबारीमा
पौरखी माली गोड्दैछ, यहाँ मुनाहरु
सजाउनेछ टिपेर दिलको भकारीमा ।।

 

 

वि.सं.२०७९ वैशाख १० शनिवार ०६:१९ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...