back
CTIZAN AD

कविता : साँढेको फुर्ती

वि.सं.२०७९ वैशाख १० शनिवार

852 

shares

निरू गौतम, मोरङ

फेरि साँढेहरुको
साँढे जुधाइ सुरु भयो
आफ्नो वजन र ताकतको
हुङ्कार देखाउन लामा
सिंङमा तेल दलेर
वल्लो कान्लो र पल्लो
कान्लोमा दौडिदै
सिंगौरी खेल सुरु भयो
सत्ताको उन्नतशील
दाना खाएर
चिल्लिएका अनगिन्ती
साँढेहरु,
जनताको पसिना
चुसेर मोटाएका
किर्नाहरु,
देशको अस्मिता बेचेर
करोडपति बनेका
कङ्गालपतिहरु,
फेरि झुटो आश्वासनको
चारो छरेर
जनतासँग सुनको
अण्डा खोस्न
घिउ चिनी मिसाएर
बाँड्न आतुर देखिदैछन्
प्रजातन्त्रको नाममा
लुटतन्त्रको झोला
भिरेर गाउँ पस्दै छन्
जनअपेक्षा हैन,
मनअपेक्षाको
मूर्तता दिन डुक्रिदै छन्
हिलहिलाउँदै छन्
होसियार होऊ तिमी,
साँढेको गर्जनलाई
साधाको प्यारलाई
अन्तरात्माले चिन !
ममताले छोप !!
विश्वासले जित, !!

वि.सं.२०७९ वैशाख १० शनिवार ०६:२० मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...