back
CTIZAN AD

कविता : रङभित्र तिमी र म

वि.सं.२०७९ वैशाख १० शनिवार

1.7K 

shares

ममता मृदुल, विराटनगर

जब रङसँगै
आफूलाई नियाल्छु
कहिले लाजले रातो, पिरो भएको
अनुहारमा तिम्रो प्रेमको रङले भिजाउछ ।
सुकोमल तिम्रो हातको स्पर्शमा
गुलाबी ओठ थर्थराउछ ।
प्रिय,
तिम्रो मुस्कानले मभित्रको मलाई
कञ्चनजङ्गा झै कञ्चन हुन सिकाउछ ।
तिमीले नबोलाएको पल
मृदुल यो मनमा खहरे झै भएर
मैलो कटकटिएको रङमा
लतपत्तिएको ममताको
धमिलो आभा देख्छु ।
संघर्षले भरिएको पलपल
सम्हालेर हिड्ने मेरो पाइला कहिले
ठेस लाग्छ,
बेस्सरी थचारिएर लड्छु
अनि त्यो बेला
आकाशतिर हेर्दै तिमीले मेरो
अधर चुमेको सप्तरङी पल सम्झन्छु
सम्झन्छु ।

रङहीन जीवनको
कल्पना गर्न सकेकी छैन
म थाकिसके,
अनेकौ रङको
भुमरीमा फसेर हुन सक्छ ।
आउ न प्रिय मलाई लैजाउ
जहाँ कुनै रङ नहोस हामी बीच ।

कालो निस्पट्ट अध्यारो रातमा
तिमीले बोलाउदा म
छामछाम छुमछुम गर्दै
कसैको पर्वाह नगरी
मनको आग्लो उघारेर
तिम्रो छातिलाई सिरानी बनाएर,
मनभित्रको पीडा धोएकी,
बिहान छ्याङ्ग भएको मेरो
मनको दैलो खोलेर
सुटुक्क पसेका थियौ ।
मलाई त्यही बेला थाहा भएको थियो
उज्यालोको पनि रङ हुन्छ ।
आज फेरि अनकन्टार उकालीमा
म एक्लै हिडीरहेकी छु ।
तिमी एक्लै हिडीरहेका छौ ।
मेरो हात समाएर
अक्करे भिर चढ्ने
हाम्रो चाहना
पूरागर्न नसकेको हो ?
मलाई थाहा छैन आज
कुन रङले हामीलाई भयभित बनाउँदैछ ।
किन सकेनौ हामीले हात समातेर हिड्न ।
यो पल मलाई कुनै रङले
छुन सकेको छैन ।
रङहीन जीवनको
कल्पना गर्न सकेकी छैन
म थाकिसके,
अनेकौ रङको
भुमरीमा फसेर हुन सक्छ ।
आउ न प्रिय मलाई लैजाउ
जहाँ कुनै रङ नहोस हामी बीच ।

वि.सं.२०७९ वैशाख १० शनिवार ०६:२१ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...