back
CTIZAN AD

कविता : किन ?

वि.सं.२०७९ वैशाख १० शनिवार

1.1K 

shares

बिष्णु ठकुरी
साई नन्दन, दिलाराम, दार्जिलिङ

किन गर्छौ हामी सिखो अरुको
भुलेर आफ्नो भाषा र संस्कृती
अनि मर्दैछौ निर्धो भएर फेरि
बिर्सेर आफ्नै माटोलाई हामी ।

किन नाच्छौ हामी अर्काको तालमा
भुलेर डम्फुको ताल र
मादलको धिङताङ्ग
सम्झना सम्म गर्दैनौ किन
मुरली र सारङ्गीको धुन ।

चौबन्दी चोली र फरिया
दौरा सुराल र टोपी साटेछौ किन
बिर्सेर आफ्नो जातिय भेषभुषा ।

किन गर्छौ हामी सिखो अरुको
भुलेर आफ्नो भाषा र संस्कृती
अनि मर्दैछौ निर्धो भएर फेरि
बिर्सेर आफ्नै माटोलाई हामी ।

सुकुल र गुन्द्री कता छन् कता
सिलौटो र लोहोरो कुन चरिको नाम
कमेरो र रातो माटोको चलन नै छैन
टायल्सको जिन्दगी जिउँदै छौ किन
दुखेर खुट्टा र घुँडा अनि क्तचापले फेरि
मर्दैछौ व्यर्थमा अल्पायु किन ?

किन गर्छौ हामी सिखो अरुको
भुलेर आफ्नो भाषा र संस्कृती……

वि.सं.२०७९ वैशाख १० शनिवार ०६:२२ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...