back
CTIZAN AD

नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बिच सम्झौता

वि.सं.२०७९ वैशाख ११ आइतवार

690 

shares

काठमाडौं । नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बिच नवीकरणीय ऊर्जा आयोजनाको प्रवर्द्धनका लागि सम्झौता भएको छ । बैंक र प्रवर्द्धन केन्द्र बिच नवीकरणीय ऊर्जा आयोजनाहरुको प्रवर्द्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेन्टी (एलएलजी) सम्झौता भएको हो ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यालय, मिड बानेश्वरमा आयोजित एक कार्यक्रमका बिच उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत अनिल केशरी शाह र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको तर्फबाट कार्यकारी निर्देशक मधुसुदन अधिकारीले हस्ताक्षर गरेका छन् ।

सम्झौताका मुख्य विशेषता कुनै पनि नवीकरणीय ऊर्जा आयोजनालाई दिएको ऋण कर्जाको भुक्तानी नभएमा त्यस ऋणमा नवीकरणीय ऊर्जा कोष (सीआरईएफ)ले २० प्रतिशत सावाँ रकमसम्मको सुरक्षण प्रदान गर्ने बैंकले जनाएको छ । यस अन्तर्गत सुरुमा यस जमानतले रु. १० करोड सम्मको सुरक्षण प्रदान गर्ने समेत बैंकले जनाएको छ ।

बैंकका अनुसार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी)को वित्तीय संयन्त्र केन्द्रीय नवीकरणीय ऊर्जा कोष (सीआरईएफ)ले युकेआइडीको सहयोगमा सस्टेनेबल एनर्जी च्यालेन्ज फन्ड (एसईसीएफ)को स्थापना गरेको छ । एसइसीएफले नवीकरणीय ऊर्जा परियोजनाहरूलाई वित्तीय व्यवहार्यता र दिगो सञ्चालन सुनिश्चित गर्न वित्तीय र प्राविधिक सहायता प्रदान गर्दछ । यो सम्झौतासँगै बैंकले दिगो ऊर्जा स्रोतको प्रवर्द्धन गर्ने र नवीकरण ऊर्जामा बलियो लगानी निर्माण गर्ने उदेश्य लिएको छ ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, केन्द्रीयन वीकरणीय ऊर्जा कोष, नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम तथा बैंकका उच्च पदस्त कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।

नेपाल सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवशको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो । यो सम्झौता मार्फत नबिल बैंकले नबिल दिगो बैंकिङका प्रयासहरुलाई अझ बढी लक्षित वर्गमा पुर्याउन सहयोग गर्ने आशा लिएको छ ।

वि.सं.२०७९ वैशाख ११ आइतवार १७:५८ मा प्रकाशित

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनआईसी एशिया बैंकको इजी कार्ड सार्वजनिक : अब घरमै बसेर अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

एनआईसी एशिया बैंकको इजी कार्ड सार्वजनिक : अब घरमै बसेर अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रक्रियालाई सहज...

 शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै  सिटिजन्स बैंक

 शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै सिटिजन्स बैंक

काठमाडौँ । विगत १९ बर्ष देखि आधुनिक एवं सर्वसुलभ बैंकिङ...

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर

काठमाडौँँ । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोष बीच...