back
CTIZAN AD

खल्ती डिजिटल वालेट र माछापुच्छ्रे बैंक बीच साझेदारी

वि.सं.२०७९ वैशाख १२ सोमवार

681 

shares

काठमाडौं । खल्ती डिजिटल वालेट र माछापुच्छ्रे बैंक बीच साझेदारी भएको छ । साझेदारी भएसँगै ‘खल्ती’मा बैंक लिंक गर्ने सेवा उपलब्ध भएको हो ।

सेवा सुचारु भएसँगै ‘खल्ती’सँग पहिलो पटक बैंक लिंकको रुपमा माछापुच्छ्रे बैंक लिंक गर्ने सबै प्रयोगकर्ताहरुले १०० रुपैयाँ बोनस तुरुन्तै प्राप्त गर्ने कम्पनीले जनाएको छ । यसका साथै एक जना भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार दुवै बोनस र स्मार्टफोन आफ्नो माछापुच्छ्रे बैंक खाता खल्तीमा पहिलो पटक लिंक गर्ने सम्पुर्ण प्रयोगकर्ताका लागि लागु हुनेछ । बैंक लिंक गर्न प्रयोगकर्ताले आफ्नो केवाइसी भने भेरिफाइ गरेको हुनु पर्ने कम्पनीले जनाएको छ ।

एक पटक प्रयोगकर्ताले बैंकलाई लिंक गरेपछि वालेट लोड नगरी केही ट्यापमै पानी, इन्टरनेट, बिजुली, सरकारी राजस्व, टिकट बुकिङ र अन्य उपलब्ध सेवाहरु जस्ता बिलहरुको प्रत्यक्ष भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । यस प्रकारका सेवाहरुले समय बचतका साथै भुक्तानी सहज पनि बनाउँने कम्पनीले जनाएको छ ।

खल्ती डिजिटल वालेटका प्रमुख कार्यकारी निर्देशक विनय खड्काले कम्पनीका प्रयोग कर्ताहरुले अब आफ्ना खल्ती खातमा विना पैसा लोड सिधै बैंक खातामार्फत भुक्तानीको मज्जा लिन सक्ने बताएका छन् । उनले भने, ‘यो सुविधा सबै बैंकका ग्राहकहरुलाई उपलब्ध गराउने साथै थप सहज रुपमा डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्ने लक्ष्यका साथ अगाडी बढिरहेका छौँ ।’

वि.सं.२०७९ वैशाख १२ सोमवार १४:१२ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

हिमालयन लाइफमा सिईओ र डेपुटी सिईओ छनोट प्रकृया सुरु

हिमालयन लाइफमा सिईओ र डेपुटी सिईओ छनोट प्रकृया सुरु

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिईओ र डेपुटी...

मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्‍यो विशेष सर्च गाइड

मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्‍यो विशेष सर्च गाइड

काठमाडौं । टिकटकले नेपाली प्रयोगकर्तालाई मनसुनी वर्षाका कारण आउने बाढीका...

एससिटीले प्राप्त गर्यो आईएसओकाे अन्तर्राष्ट्रिय प्रमाणपत्र

एससिटीले प्राप्त गर्यो आईएसओकाे अन्तर्राष्ट्रिय प्रमाणपत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त भुक्तानी प्रणाली सञ्चालक (Payment...

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट...